५७ मतले पछि परिन् सरिता, विजयी भएका रवीन्द्रलाई यस्तो सुझाव

rabindra-khadka-win

  काठमाडौं । शनिबार भएको चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । रवीन्द्रले सरिता लामिछानेलाई ५७ मतान्तरले हराएका हन् । कूल खसेको ३८७ मत मध्ये रवीन्द्रले २१८ मत ल्याए भने सरिताले १६१ मत ल्याइन् ।

रेजिना उप्रेती सबैभन्दा बढि मत ल्याएर उपाध्यक्षमा विजयी भइन् । उनले २४३ मत ल्याएकी थिइन् । अर्को उपाध्यक्ष पदमा सानुकुमार ताम्राकारले १७५ मत पाए ।

महासचिवमा चेतबहादुर सिंह १८७ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी संजय खतिवडाले १५६ मत ल्याए ।

त्यसैगरी सचिवमा पनाहा अधिकारी विजयी भए उनले १९४ मत ल्याउँदा उनका प्रतिस्पर्धी कविता गेलालले १६९ मत ल्याइन् ।

यस्तै सहकोषाध्यक्षमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी धनबहादुर बम्जनले १३३ मत ल्याए ।

त्यस्तै १० जना सदस्यहरूमा शितल केसी, जयकिशन बस्नेत, गोपाल ढकाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन्र ।

विजयी भएपछि अध्यक्ष रवीन्द्र खड्काले आफूले गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए । अध्यक्षमा पराजित भएकी लामिछानेले कलाकारको मुद्दा उठाउन आग्रह गर्दै अध्यक्ष खड्कालाई मुद्दामा राजनीति नगर्न समेत आग्रह गरिन् ।

विजयी टिमलाई शुभकामना दिंदै निर्वाचन हारेको सहर्ष स्विकार गर्दै उनले भनिन्–‘सायद, म भन्दा लोकप्रिय रविन्द्र दाई हुनुहुन्थ्यो होला र मैले हारेँ ।’

‘म दाइलाई भन्न चाहन्छु, नेपाल चलचित्र कलाकार संघमा राजनीति हाबी हुनु हुँदैन । म पनि कुनै पार्टीमा आस्था राख्छु । तर, मैले चलचित्र कलाकार संघमा पार्टी हाबी भयो भने सचेत गराउन आउँछु ।

म आग्रह गर्न चाहन्छु, संघलाई विशुद्ध कलाकारको घर बनाइदिनुहोस् । कलाकारको बारेमा बहस गर्नुहोस्, हाम्रा मुद्दामा राजनीति नगरिदिनुहोस् ।’ उनले भनिन्–‘रविन्द्र दाइले जित्नुभएको छ, तर भोली आफूले गरेका प्रतिवद्धता पुरा गर्नुभएन भने म उहाँहरुको विरुद्धमा लाग्छु ।’

 

प्रतिक्रिया

सम्बन्धित