गुठी विधेयकप्रति डा. भट्टराईको आक्रोश

baburam bhattarai

   काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार माइतीघरमा गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराई भने–‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको छ । वर्तमान सरकार एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको छ ।’

यद्यपी आजको संसद बैठक भने स्थगित भएको छ । गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेपका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गरेपछि आजको बैठक नै सूचना टाँस गरेर भोलीका लागि सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित