प्रधानमन्त्री भारत जाँदै गर्दा एमालेले किन बोलायो स्थायी समिति बैठक ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएकै दिन मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा बिहान साढे नौ बजेपछि बस्ने बैठकमा निर्वाचनको तयारी, सरकारको कामकारबाही, बाढीपीडितको उद्धारलगायतका विषयमा छलफल हुनेछ । संविधान संशोधन विधेयक फेल भएपछि बस्न लागेको एमालेको स्थायी समिति बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा राष्ट्रहित विपतिरका सन्धि सम्झौता नगर्न चेतावनी दिएको एमालेले सो विषयमा पनि स्थायी समितिमा छलफल गर्ने बताइएको छ । देउवा अहिले १०ः३० मा भारत प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित