महानगरीय प्रहरी आयुक्त कार्यालयको कमाण्ड सम्हाल्दै एआईजी चन्द

काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको प्रमुखमा  पदस्थापन  गरेका एआईजी जयबहादुर चन्दले शुक्रबारबाट आयुक्त कार्यालयको कमाण्ड सम्हाल्दै छन्  । सरकारले आइजीपी नियुक्त गरे पनि  सर्वोच्च अदालतले हस्तक्षेप गरी रोकेका  चन्द प्रहरी भित्र खरो र एक्सनमा उत्रने अधिकारीका रुपमा चिनिन्छन । एसएसपी छंदा काठमाडौं प्रहरी परिसरको प्रमुख भैसकेका चन्दले अपराध अनुसन्धान र गुण्डागर्दी नियन्त्रणमामा राम्रो काम गरेर चर्चा कमाएका थिए ।

 लागु औषध नियन्त्रण ब्यूरोको कमाण्ड गरिसकेका चन्दले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सुप क्षेत्रीय प्रहरी कार्यालय, अंचल प्रहरी कार्यालय भेरी, जिल्ला प्रहरी कार्यालयहरु पर्सा, रौतहट, मकवानपुर, कपिलबस्तु, काभ्रेपलाञ्चोक, बझाङ, रोल्पा, इलाका प्रहरी कार्यालय बुटवल, स.प्रगण नं.१ नक्शाल लगायत १४ भन्दा बढी प्रहरी कार्यालयहरुको सफलतापूर्बक नेतृत्व गरिसकेका छन् ।

 सधै केही न केही नयाँ कार्यक्रम लागु गर्ने र प्रहरीको मनोबल उच्च राख्दै जनता माझ प्रहरीको छवी राम्रो राख्ने चन्दको खुबि रहेको छ । अपराध अनुसन्धान एवं नियन्त्रणमा कहलिएका चन्द प्रहरी कारवाहीमा कुशल, जनसम्पर्क एवं अन्य निकायहरु संग समन्वय गर्नमा पोख्त र प्रहरी संगठन भित्रकै निकै साहसी प्रहरी अधिकृत मानिन्छन् ।

  आसन्न प्रदेश र संसदको निर्वाचनमा उपत्यकाको सुरक्षाको जिम्मेवारी पाएका छन् एआईजी चन्दले । महानगरीय आयुक्त कार्यालय अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरको प्रहरी परिसर, वृत, प्रभाग, अपराध महाशाखा , लगायत प्रहरीका अन्य युनिट छन्र । राजधानीको अपराध रोकथाम गर्दै शान्ति सुरक्षामा महानगरिय कार्यालयको ठुलो भुमिका हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित