प्रहरीसँगको भिडन्तमा विप्लव समूहका जिल्ला इन्चार्ज मारिए

kumar_poudel

    काठमाडौं । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र प्रतिवन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । भिडन्तमा प्रहरीको गोली प्रहारबाट विप्लवका एकजना कार्यकर्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी हरी पालका अनुसार प्रहरीको गोली लागि मृत्यु हुनेमा विप्लव समूहको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल रहेका छन् । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । पौडेल सँगै रहेका अन्य तीनजना भने भागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना२२प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको एफजेड मोटरसाइकलमा आएका पौडेल सहितका चारजनाले प्रहरीमाथि फायर खोलेका थिए ।

केही अघि भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा पनि प्रहरीको गोली लागेर एक कार्यकर्ताको मृत्यु भएको थियो। गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीको गोली लागि नेकपा नेता तीर्थराज घिमिरे मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित