थप आलोचित हुनुपर्ने खतरा रहेको भन्दै सचिबालयका सदस्यद्वारा ओलीको ध्यानाकर्षण

pmolin

 काठमाडौं। केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिना पुगेको छ । निर्वाचनअघि पार्टीले गरेको चुनावी प्रतिबद्धताअनुसार अगाडि बढ्न नसकेको, मन्त्रीहरुको काम सन्तोषजनक नभएको, पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा समेत अझै सांगठनिक एकता टुंगो लाग्न नसकेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पार्टीभित्रैबाट आलोचना सुरु भएको छ ।

पार्टी एकीकरणको बाँकी काम टुंगो लगाउन पनि अध्यक्ष ओलीको कार्यव्यस्तताले लम्बिदै आएको छ । पार्टीको बैठक बस्छ तर समय अभावको कारण देखाउँदै स्थगित हुँदै आएको छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताको बाँकी काम सम्पन्न गर्न अध्यक्ष ओलीकै कार्यव्यस्तता कारण रहेको वताउँछन् ।

 ओलीले समय निकाल्न नसक्दा पार्टी एकताको बाँकी काम सम्पन्न गर्न ढिला भएको छ । प्रधानमन्त्री ओली युरोप भ्रमणमा गएपछि स्थगित भएको सचिवालयको बैठक लामो समयपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो तर बैठक एजेन्डामाथि प्रवेश नै नगरी सम्पन्न भएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको बाँकी रहेको काम छिटोभन्दा छिटो टुंगो लगाउनुपर्ने धारणा राख्दै आएका छन् ।

 सचिवालयका सदस्यहरुले सरकारको समीक्षा गरेर जानुपर्ने माग अगाडि सारेका छन् । सरकारले पछिल्लो समयमा ल्याएको केही विधेयकको कारण पार्टी र सरकार दुवैको आलोचना भएको बताउँदै सचिवालयका सदस्यहरुले समीक्षा नगरी अगाडि बढ्ने हो भने थप आलोचित हुनुपर्ने खतरा रहेको भन्दै ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित