अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

arjentina

  काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘बि’ को आज विहान भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा पुगेको हो ।

अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्‍याउन लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरे । अर्जेन्टिनाले खेलको चौथौं मिनेटमा नै गोल गर्दै अग्रता बनायो । अर्जेन्टिनाका लागि मार्टिनेजले गोल गरेका थिए ।

पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको अर्जेन्टिनाका लागि खेलको ८२औं मिनेटमा सर्जियोले गोल गर्दै २–० गोलको जित दिलाए ।

आज बिहान नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोलअन्तरले पराजित गर्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । कोलम्बियाले सबै खेलमा शतप्रतिशत जित हात पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित