चाँगुनारायणद्धारा आव २०७६/०७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत

shom

 भक्तपुर । चाँगुनारायण नगरपालिकाको पाँचौ नगरसभामा आर्थिक वर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रस्तुत नीति कार्यक्रम भित्र विगतभन्दा नयाँ आर्कषक विषयहरु समावेश भएका छन् ।

नगरपालिकाले शिक्षा क्षेत्रमा प्रभावकारीता ल्याउनको लागि आगामी आवबाट लागू हुने गरि २५ वर्षे सेवा अवधि पुगेका ५० वर्ष उमेर नाघेका शिक्षकहरुले आगामी २०७६ श्रावण मसान्त भित्र स्वैच्छिक रुपमा अवकाश लिन चाहेमा नगरपालिका तर्फबाट प्रति व्यक्ति एकलाख रकम पुरुस्कार स्वरुप थप उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी नीति तथा कार्यक्रमममा उज्यालो नगरपालिका बनाउने अभियानमा मुख्य सडकहरुमा सडक बत्ती राख्ने, स्थानीय पाठयक्रम बनाई लागू गर्ने, जगंललाई जडिबुटी खेतीको रुपमा रुपान्तर गर्ने एवं भौतिक पूर्वाधारमा जनसरोकार राख्ने अत्यन्तै संवेदिनशिल विषयहरुलाई उच्च प्रथामिकताका साथ कार्यन्वयनमा ल्याईने लगायतका विषयहरु समेटिएका छन् ।

changu

नगर प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा भएको नगर सभाबाट नगरबासीको उज्जवल भविष्यको मार्गचित्र कोर्नको लागि चालु आवमा भएका कामको संक्षिप्त समिक्षा सहित नगर उपप्रमुख विना वास्तोलाले आव २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

यस्तो छ आव २०७६/०७७ का लागि प्रस्तुत भएको नीति तथा कार्यक्रम

प्रतिक्रिया

सम्बन्धित