भारतका कारण महाकालीमा पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन जिप्रकाको आग्रह

bad

  काठमाडौं । भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकोेले तटिय क्षेत्रमा जोखिम हुने भन्दै सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् ।

उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको सो वाँध वुधबार रातीदेखि खोलिएको छ । वाँधबाट हुनसक्ने सम्भावित क्षतिलाई ध्यान दिएर महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ ।

२०७० सालमा धौलीगंगा बाँधका कारण दार्चुला सरमुकाममा ठूलो क्षति व्यहोर्नुपरेपछि नेपाल सरकारले अग्रिम सर्तकता अपनाउँदै आएको छ ।

बाँध आज बेलुकासम्म खोलिने जनाइएको छ । दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकोले उक्त क्षेत्रका नागरिकलाई पनि सतर्क भएर रहन भनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताएका छन् ।

परियोजनाले बाधमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

धौलीगंगा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित