२७१४ लाई उछिन्दै प्रेम गीत–३ मा छानिइन् कृष्टिना

kristina

  काठमाडौं । सन्तोष सेनले निर्माण÷निर्देशन गर्न लागेको नेपाली चलचित्र प्रेम गीत–३ का लागि कृष्टिना गुरूङ नायिकामा छनोट भएकी छन्। अब दर्शकले गीत–३ मा नायक प्रदीप खड्कासँग कृष्टिना देख्नेछन्।

प्रेम गीतका लागि खुला आवेदन माग गरिएको थियो। जसमा २७१४ जनाले आवेदन दिएका थिए। तिनै प्रतिस्पर्धीबाट सुरुमा २५ छानिएकामा कृष्टिनालाई फाइनल गरिएको सेनले जानकारी दिए।

प्रेमगीत ३ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्त निर्देशन गर्दैछन्। छेतेन र मन्दीप गौतमले फिल्मको कथा लेखेका हुन् । जसमा प्रदीप खड्का, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा र अनुभव रेग्मीसहितको अभिनय रहनेछ।

प्रतिक्रिया

सम्बन्धित