उपत्यकामा विजुली बस चलाउन साझालाई प्रदेश सरकारले दियो ३० करोड

sajha_1

  काठमाडौं । ३ नम्बर प्रदेश, काठमाडौं र ललितपुर महानगरपालिका तथा साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ ।

आज भएको समझदारी पत्रमा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।

ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरिसकेको छ ।

बिजुली बसका लागि काठमाडौं महानगरले १० करोड र साझा सहकारीले साढे २ करोड गरी कुल ४५ करोड लगानी गर्ने सहमति भएको छ। २०७६ सालभित्रै बिजुली बस सञ्चालन गर्ने योजना रहेको साझा यातायातले जनाएको छ। 

काठमाडौंलाई धुलोमुक्त बनाउन प्रदेश सरकारले लगानी गर्ने बताउँलै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यका भित्र फ्लाई ओभर, आकासे पुल आवश्यकताका आधारमा प्रदेश सरकारले नै निर्माण गर्ने पनि बताए ।

कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातलाई थप २० वटा बस हस्तान्तरण गरेको थियो । यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई ५ करोड रुपैयाँ दिएको थियो भने ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित