एनसीसीको नाफा एक अर्व ३२ करोड

काठमाडौं : अघिल्लो ७० करोड नाफा कमाएको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले यस वर्ष एक अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । गत आव २०७३/७४ मा एनसीसीको नाफा ८७ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ७० करोड रहेको थियो । बैंकको खुद व्याज आम्दानी ४४ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट २१ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १४ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ३ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले यसअघि नोक्सान वापत राखेको १ अर्ब ३३ करोड फिर्ता ल्याएको छ । यसपटक पनि सम्भावित नोक्सान व्यवस्थाको लागि बैंकले ८२ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ४।८० प्रतिशत रहेको छ भने प्रावधान १ सय २ प्रतिशत गरेको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड रहेको छ । चुक्ता पुँजी बढेपनि सेयरमा प्रतिफलमा खासै परिवर्तन भएको छैन् । यो दर २३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २८.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.५१ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती २ अर्ब ५६ करोड रहेको छ । बैंकको निक्षेप संकलन ९३ प्रतिशतले बढेर ५८ अर्ब र कर्जा लगानी ९३ प्रतिशतले बढेर ४८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७१.४८ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ९.३२ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १२.३० रहेको छ । बैंकको कर्मचारी लागत १७ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ६ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा २० अर्ब र सेयर धितोमा कर्जा ५ अर्ब ३८ करोड लगानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित