सरकारले बजेट दिंदैन तर, आइफा अवार्ड नेपालमै हुन्छ : सञ्चारमन्त्री

gokul baskota

  काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालमा आइफा अवार्ड गरेरै छाड्ने दृढता पनि व्यक्त गरेका छन्। मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले अवार्डबारे प्रश्न उठाएपछि उनले यस्तो उत्तर दिएका हुन् ।

सरकार आइफा अवार्डका लागि बजेट दिने सोचाईमा नरहेको स्पष्ट पार्दै मन्त्री बास्कोटाले भने–‘आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गर्नै पर्छ ।’

उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले सो अवार्ड आयोजना गर्न स्वीकृति दिएको बताए।

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित