राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्नु हुने


Patanjal 1
काठमाडौ ।
आगामि असार २० गते शुक्रवार हुने राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कार्यक्रमको पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने भएका छन् ।  उक्त कार्यक्रम सम्पन्न गर्न नेपाल भरिका प्राकृतिक चिकित्साका संघ संस्थाहरु सदस्य रहने गरि डा. हरिप्रसाद पोखरेलको संयोजकत्वमा राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मूलसमारोह समिति गठन गरिएको छ ।


प्रत्येक वर्ष असार २० गतेलाई प्राकृतिक चिकित्सा दिवसको रुपमा मनाउन नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेर यसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने प्रचलनमा आएको मूल समारोह समितिका संयोजक डा. हरि प्रसाद पोखरेल बताए । डा. पोखरेलले नेपालमा प्राकृतिक चिकित्साको विकास विस्तारका क्रममा नेपाल सरकारले विस २०५८ सालमा प्राकृतिक चिकित्सा दिवसलाई असार २० गतेकै दिन राष्ट्रिय चिकित्सा पद्धतिको रुपमा स्विकार गरेको र राजपत्रमा सो सूचना प्रकाशित भएकोले त्यहि मितिलाई आधार मानेर राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसलाई असार २० गतेकै दिन मनाउने प्रचलनको थालनी गरेको समेत बताएका छन् ।

Patanjal 2
डा पोखरेलका अनुसार वि स २०५८ सालमा राष्ट्रिय चिकित्साको रुपमा प्राकृतिक चिकित्सालाई असार २० गतेका दिन निर्णय भयो र त्यसपछि समूदायमा वा प्राकृतिक चिकित्साका संघ संस्थाहरुले उत्सवको रुपमा मनाउने प्रचलनमा ल्याए पनि नेपाल सरकारको मन्त्रीपरिषदले २ वर्षअगाडि मात्र निर्णय गरेर विधिवत ढङ्गले राष्ट्रिय दिवसको मनाउन शुरुवात गरेको हो ।
सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरु विभिन्न संघ संस्थाहरुले गरिरहने भए पनि मूलकार्यक्रमका रुपमा प्राकृतिक चिकित्साका विविध विषयहरु माथि विचार विमर्श गोष्ठीका रुपमा दिवसीय कार्यक्रम सञ्चालन हुने मूल समारोह समितिका सदस्य डा क्षितिज बराकोटीले जानाकारी गराए ।


“स्वस्थकर दीर्घजीवनको लागि प्राकृतिक चिकित्सा” भन्ने आर्दश वाक्यलाई ह्रदयङ्गम गर्दै गौशाला,बनकाली स्थित सुमार्गी भवनमा दिउँसो ठीक १ बजेदेखि शुभारम्भ हुने गरि दिवस कार्यक्रम तय गरिएको र सो कार्यक्रममा सहभागीताको लागि सम्पूर्ण प्राकृतिक चिकित्सा प्रेमीहरुलाई आहवान गरिएको राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मूल समारोह समितिका सदस्य डा. रविनलाल श्रेष्ठले अवगत गराए ।

प्रतिक्रिया

सम्बन्धित