नेपालले दियो सिंगापुरलाई ३२७ रनको लक्ष्य

nepal

  काठमाडौं । यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमानेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ । सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।

ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामश पारी खेल्दै अर्धशतक बनाए ।

पाँचौं विकेटका लागि गौतम र मल्लले अविजित ८२ रनको साझेदारी गरे । ऋत गौतम ११५ र कुशल मल्ल ५१ रनमा अविजित रहे ।

प्रतिक्रिया

सम्बन्धित