आईफाबारे संसदीय समितिको अनधिकृत निर्देशन : प्रधानमन्त्री

kp oli

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्डबारे संसदीय समितिले अनधिकृत निर्देशन दिएको दाबी गरेका छन् । २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको उनको भनाई थियो ।

समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने–‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’

प्रतिक्रिया

सम्बन्धित