काठमाडौंको प्रहरी प्रमुखलाई लिएर गृहमन्त्री र अाईजीपीबीच मनमुटाब

काठमाडौं । प्रहरी प्रधान कार्यालयले महानगरिय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र ललितपुर परिसरमा नयाँ एसएसपी पठाउने तयारी थालेसँगै गृहमन्त्री जनार्दन शर्मा र अाईजीपी प्रकाश अर्यालबीच मनमुटाब बढेको छ ।

 काठमाडौं परिसरको प्रमुखमा कसलाई पठाउने भन्ने बिषयमा गृहमन्त्री र अाईजीपीबीच सहमति जुट्न नसक्दा एसएसपीहरुको सरुवा रोकिएको स्रोतको भनाइ छ । गृहमन्त्री  शर्मा  एसएसपी रविन्द्र धानुकलाई काठमाडौं परिसरको प्रमुखमा बनाएर पठाउन चाहन्छन भने अाईजीपी अर्याल हाल परिसरमा नै रहेका एसएसपी प्रधुम्न कार्कीलाई प्रमुखको जिम्मेवारी दिन चाहन्छन ।

 प्रधानमन्त्री शेरवहादुर देउवासँग समेत राम्रो सम्बन्ध बनाएका छन् धानुकले ।  एसएसपीहरु प्रधुम्न कार्की, धिरजप्रताप सिंह, शैलेस थापा क्षेत्री, हरि पाल र उत्तमराज सुवेदी पनि आकाँक्षी छन् ।

 काममा कमजोर तर चाकडीमा सबैभन्दा  सक्षम मानिने एसएसपी विश्वराज पोखरेल भने आफ्नो व्याजबाट एक नम्वरमा पर्न सफल भएपछी तालिम केन्द्रमा जाने सोच बनाएको चर्चा छ । गृह स्रोतका अनुसार ललितपुर परिसरमा एसएसपी पालको संभावना छ भने अपराध महाशाखामा सिंहको संभावना बढी छ ।

 एसएसपी  कार्की परिसरमै कार्यरत रहेको र  आईजीपी  अर्याल कार्कीलाई परिसरमा राख्न चाहन्छन् । तर, गृहमन्त्री जनार्दन शर्मा भने परिसरमा कुनै पनि हालतमाधानुकलाई पठाउन चाहन्छन । जसका कारण गृहमन्त्री र अाईजीपीबीच सहमति जुट्न सकेको छैन । तर, अाइतबार एसएसपीहरुको सरुवाको टुङ्गो लाग्ने संभावना रहेको गृह स्रोतले वतायो ।

प्रतिक्रिया

सम्बन्धित