हेलो स्टुडेण्ट एजुकेशन कन्सल्टेन्सी संचालनमा, के-के छन् बिशेषता ?

 काठमाडौं। विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि फरक सुविधासहित सहि तरिकाले परामर्श दिने उद्देश्यले नयाँ कन्सल्टेन्सी संचालनमा आएको छ । सा्ेह्रखुट्टे चोकमा केन्द्रिय कार्यालय रहेको हेलो स्टुडेण्ट एजुकेशन कन्सल्टेन्सी गत बिहीवारबाट औपचारिक रुपमा संचालनमा आएको हो  । सञ्चारकर्मी समेत रहेका युवा व्यवसायी  नारायण तिवारीले सञ्चालनमा ल्याएको सो कन्सल्टेन्सीको बिशेषता के- के छन् भन्ने प्रश्नको जवाफ दिंदै तिवारी भन्छन - नेपालमा कन्सल्टेन्सीहरु धेरै भएता पनि सहज तरिकाले बिद्यार्थीहरु विदेश जान नसकेको अवस्थामा हामीले यथार्थ कुरा विद्यार्थीलाई बुझाई सहज तरिकाले भाषा सिकाएर सरल र सहज तरिकाले कागजपत्र बनाउनुका साथै विदेश गएपछि के कस्तो तरिकाले अध्यन गर्नुपर्छ र रोजगारीको लागि समन्वय गरिदिने सम्मको सेवा प्रदान गर्ने उद्देश्य राखेका छौँ । '

 अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भाषासँगै विद्यालय र सम्बन्धित देशबारे सम्पूर्ण आधारभूत जानकारी कन्सल्टेन्सीले उपलब्ध गराउने संचालक तिवारी वताउँछन् ।

 हेलो स्टुडेण्ट एजुकेशन कन्सल्टेन्सीका निर्देशक सन्तोष बाराकोटीले दक्ष र अनुभवी युवा मिली विदेश अध्ययन गर्न जान चाहने बिद्याथीको लागि सही परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको वताउंछन् । बिदेशी मुलकका कलेजसँग सिधै सम्पर्क भएको यस कन्सल्टेन्सीमा शैक्षिक क्षेत्रमा काम गरेका अनुभवी परामर्शदाता रहेकाले अन्य कन्सल्टेन्सी भन्दा फरक तरिकाले सेवा दिने उद्देश्य राखिएको प्रमुख कार्यकारी अधिकृत इन्द्र सिलवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित