हङकङमाथि शानदार जीत निकाल्दै नेपाल यू–१९ एसिया कपमा

cricket

  काठमाडौं । हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान पक्का बनाएको छ । आजको जीतसँगै नेपालले यू–१९ एसिया कप खेल्ने भएको हो ।

आज भएको पूर्वी क्षेत्र छनोटको फाइनलमा नेपालले हङकङमाथि ६ विकेटको शानदार जित हात पारेको हो । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधीसँगै नेपाल यु–१९ एशिया कपमा छनोट भएको हो ।

नेपालले उपाधिका लागि हङकङले दिएको ९६ रनको सामान्य लक्ष्यलाई १५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि ओपनर पवन सर्राफ र ऋत गौतमले उत्कृष्ट सुरूवात गर्दै जित दिलाए । उनीहरूले पहिलो विकेटका लागि ६ ओभरमा ५४ रन बनाएका थिए । नेपालले पहिलो विकेटका रूपमा ऋतलाई गुमाएको थियो ।

त्यसपछि पवन र खडकबहादुर बोहराले साझेदारी गर्दै टिमलाई अगाडि बढाए । पवन टिमको स्कोर ७६ रन बनाउँदा ११औं ओभरमा आउट भएका थिए उनले ३६ बलमा ३९ रन बनाएका थिए । त्यसपछि कप्तान रोहित कुमार पौडेल क्रिजमा आए । बोहरा पनि टिमको स्कोर ८० रन बनाउँदा पेभेलियन फर्किएपछि भीम सार्की ब्याटिङका लागि आए । उनले पहिलो बलमै चैका प्रहार गर्दै रनको खाता खोले । जितका लागि ३ रन आवश्यक हुँदा कप्तान रोहित आउट भएपछि हरिबहादुर चौहान आएर टिमलाइ जित दिलाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो । आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे ।

हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारे ।

यसअघि सोमबार भएको सेमिफाइनलमा नेपालले मलेसियालाई सात विकेट र हङकङले सिङ्गापुरलाई डिएल पद्धतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

उक्त प्रतियोगिताको उपाधि विजेता टोली यु–१९ एशिया कपमा छनोट हुनेछन् । एशिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

नेपालले एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित