विषादी परीक्षण रोकिएकोप्रति यसरी पन्छिए मन्त्री बास्कोटा

gokul baskota

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण कसैको पनि दबाबमा नरोकिएको जानकारी गराएका छन् ।

विषादी परीक्षण रोकिएकोप्रति चौतर्फी विरोध भएपछि त्यसको जवाफमा सरकारको प्रवत्ता समेत रहेका मन्त्री बास्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएको बताए ।

उनले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने पनि बताए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारको जिज्ञासामा मन्त्री बास्कोटाले भने–‘सीमापार व्यवसायमा दुवै देशको हित र चासोका कुरा हुन सक्छन् । पत्रहरु आदानप्रदान हुन सक्छन् । हाम्रो पनि चासो छ ।

जनस्वास्थ्यको विषय व्यापार मात्र होइन, दुवै देशका नागरिकले स्वस्थ खाना पाउनुपर्ने अधिकारको विषय हो । हामी क्रमशः नेपाललाई अर्गानिक राष्ट्र बनाउने भनिरहेका छौं । हाम्रो उत्पादन क्षमता बढाउनु मूल प्रश्न हो ।’

प्रतिक्रिया

सम्बन्धित