देउवामाथि सिटौला समूहको धावा

sherbahadur deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक आफ्नो उदेश्यमा सफल भएका छन् । केन्द्रीय कार्य समितिको बैठक सुरु हुनुभन्दा अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौला समूहबीच बाक्लै छलफल भएका थिए । तर, ती छलफलहरूले खासै काम नगरेको चर्चा हुन थालेको छ ।

तेस्रो धार अर्थात् थर्डपोलका रुपमा परिचित सिटौला समूह गुट चलाउने विषयमा अगाडि देखिन थालेको छ । सिटौलाले पौडेल र डा. कोइरालाको कमजोरी बुझेर सोही ठाउँमा प्रहार गर्दै आएका छन् । सिटौलाको यो कुरा बुझेका सभापति देउवाले आफ्नै रणनीति बनाएका छन् ।

 सिटौलाले आफू कति बलियो छु भनेर केन्द्रीय कार्यसमिति बैठक रोकेर आफ्नो प्रभाव देखाएका छन् । नेता सिटौलाले आफ्ना गुटका नेता तथा कार्यकर्ताहरूलाई भेट्ने क्रम जारी राखेका छन् । पौडेल समूहलाई सिटौलाले कुनै पनि हालतमा तह लगाएरै छाड्ने बताइसकेका छन् । मिलेको जस्तो गरेपनि सिटौलाले पौडेल र डा.कोइराला परिवारलाई सहयोग गर्ने सम्भावना छैन । सिटौला आफू नै अगाडि बढ्ने योजनामा छन् ।

 नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सिटौलाले आफूलाई सभापतिको रुपमा अगाडि बढाउने भनेपनि आफूभन्दा अन्य नेतालाई नेपाली कांग्रेसको केन्द्रीय सभापतिका लागि पहल गर्ने तयारी भएको छ । सिटौला समूह कांग्रेसलाई क्रमशः कब्जा जमाउने रणनीतिमा लागेको छ ।

 सिटौलासँगै गगन थापा, शंकर भण्डारी, डा.शशांक कोइराला सहितका नेताहरू पनि यो काण्डमा मुछिएका छन् । अबका दिनमा नेपाली कांग्रेसभित्रको गुटलाई केही समयका लागि स्थगित राखेर कसरी अगाडि बढ्ने भन्नेमा गम्भीर छलफल हुनुपर्ने कांग्रेस नेताहरु बताउँछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित