पातञ्जलको उपस्थिति अव देशव्यापी रुपमा  

P1

केन्द्र,प्रदेश एवं जिल्लाहरु पूर्णता गर्दै सम्पन्न ग¥यो प्रथम वार्षिक साधारण सभा 

भक्तपुर ।
पातञ्जल योग समिति नेपालले सुर्दशन सुवेदीको नेतृत्वमा २९ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गर्दै प्रथम वार्षिक साधारण सभा एवं प्रथम अधिवेशन सम्पन्न गरेको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणी पोखरेलको उपस्थितिमा सम्पन्न उल्लेखित साधारण सभाबाट उपाध्यक्षमा राजभक्त श्रेष्ठ,महासचिवमा नबराज काफ्ले,कोषाध्यक्षमा जानुकादेवी भट्टाराई एवं सदस्यहरुमा क्रमश डा. सुवास घिमिरे, दिर्घराज गिरी,डा. प्रकाश पाण्डे ,जयराम केसी, ऋषि लोहनी, सुर्वणलाल चित्रकार, प्रदिप कुमार श्रेष्ठ, रामनाथ अधिकारी, विष्णु विष्ट, दिपक प्रसाद नेपाल, योग प्रसाद आचार्य ,सुमित्रा चौलागाई , राममणी न्यौपाने , कपिल शाही ,शकुन्तलता श्रेष्ठ,उत्तरा नेपाल , गीता प्रसाद नेपाल, दुर्गा पन्त, सुशिला श्रेष्ठ, रज्जु सापकोटा, सोम प्रधान, महालक्ष्मीराज भण्डारी, विजयकुमार पोखरेल ,शिला श्रेष्ठ, डा मणिराज डाँगी योगी शान्तीदुत सर्वसम्मत चयन भएका छन् ।


त्यसैगरि डा चन्द्रमणी खनाल एवं एवं योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष वालमुकुन्द सुवाललाई उपस्थित केन्द्रिय भेलाको सिफारिशमा केन्द्रिय संरक्षकमा मनोनयन गरिएको छ । गण्डकी प्रदेशको संरक्षकमा डा कृष्ण केसीलाई पनि भेलाबाट मनोनित गरिएको छ ।


त्यसैगरि सोहि साधारण सभा बाट ७ वटै प्रदेशहरुले पनि पूर्णता पाएका छन् । प्रदेश नं ।१,२,३,४,५,६,७ मा क्रमशः होम प्रसाद गौतम,राजेन्द्र यादव,सूवर्णलाल चित्रकार,लक्षुमण कोईराला,लोकेन्द्र न्यौपाने,दिर्घराज गिरि,केदार भण्डारीलाई प्रदेश प्रमुखमा तोकिएको छ । प्रदेश नं १ को उपाध्यक्षमा डा डाँगीलाई जिम्मेवारी तोकिएको छ ।


उपस्थित भेलाबाट केहि जिल्लाहरुको नेतृत्व पनि चयन गरिएको छ । भेलाबाट काश्की ,भक्तपुर, काठमाडौ ,रुपन्देहि, कैलाली, ललितपुर, काभ्रेबाट क्रमशः सुरेश श्रेष्ठ,योग प्रसाद आचार्य, ऋषि लोहनी, रोमलाल पुरी, गीता गिरी,कपिल शाही, रामनाथ अधिकारीको नेतृत्व कायम गरिएको छ । बाँकी जिल्लाहरुको नेतृत्वलाई यथास्थितिमा रहने गरि भेलाले अनुमोदन गरेको छ ।


त्यसै गरि होम प्रसाद गौतमको संयोजकत्वमा ३० सदस्यीय केन्द्रिय सल्लाहकार समिति समेत भेलाबाट गठन गरिएको छ । केन्द्रिय सल्लाहकार समिति सदस्यहरुमा पुर्व उद्योग मन्त्री एवं प्रतिनिधि सभासद माननीय महेश वस्नेत, माननीय पशुपति चौलागाई, माननीय प्रतिमा श्रेष्ठ, गण्डकी प्रदेशका माननीय मिना गुरुङ्ग,डा सञ्जय बाबा मचे,लिला निरौला,पूर्व नेपाली काग्रेसका माननीय मनोमोहन भटटाराई,पूर्व माननीय होमराज दाहाल, सोम शर्मा बजगाई ,नबराज गेलाल, दुर्गा भुषाल, कृष्ण कुमारी श्रेष्ठ, वरिष्ठ कानुनी अधिभक्ता सुर्दशन जोशी,योग क्षेत्रका विज्ञ व्यक्तित्व डिल्लीराम नेपाल, रमेश पन्त,चिरन्जीवि भण्डारी,उमा केसी,दुर्गामोहन श्रेष्ठ,विश्वनाथ प्रजापति,न्हुच्छेरत्न खाईतु,मेनुका ताल्चा भण्डारी,विश्वबन्धु गौतम,बद्रिनाथ घिमिरे,विज्ञान राई,निर्भयबाबु पर्साई,किरण थापा,श्रीभक्त काशिछुवा,डिल्लीराज बराईली,जोन श्रेष्ठ रहेका छन् ।

P2
माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले योग शिक्षालाई प्रत्येक विद्यालयमा पू¥याउन मन्त्रालय तिव्र ढगंले कार्ययोजना बनाई अगाडि बढेको उल्लेख गर्दै पातञ्जल योग समिति नेपालको अभियानलाई ७५३ वटै पालिकाहरुमा पू¥याई पातञ्जलको यो अभियानलाई संस्थागत गर्न बताए ।
योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका मुर्धन्य व्यक्तित्व डा हरि प्रसाद पोखरेलले पातञ्जल योग समिति नेपालले अत्यन्तै छोटो समयमा योग जागरण अभियानमा खेलेको भूमिका प्रति खुलेर प्रशंसा गरे । डा. पोखरेलले अब नयाँ बन्ने नेतृत्वले पनि निरन्तर नेपाल, नेपालीपन र राष्ट्रियता बोकेर हिड्न सकोस भनि शुभकामना समेत व्यक्त गरे ।


पातञ्जल योग समिति नेपालका केन्द्रिय संरक्षक डा चन्द्रमणी खनालले आफू पातञ्जल योग समिति नेपालको संरक्षक बनिरहँदा राष्ट्र र राष्ट्रियतालाई नजिकैबाट महशुस गर्न पाएको बताए ।
ओम डेन्टल समाज अस्पतालका सञ्चालक,मनोक्रान्ति सेवा केन्द्रका महासचिव एवं पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य सुवास घिमिरेले प्रत्येक मानिसहरु स्वस्थ रहन आहार एवं यसको ग्रहण गर्ने विधिमा जानकार हुनु पर्छ भन्ने विषयमा आफ्नो स्पष्ट धारणा राखेका थिए ।


विश्वको ईतिहासमा भक्तपुर जिल्ला प्रथम योग जिल्ला भएको केहि दिन अगाडि प्रज्ञाप्रतिष्ठानमा योगा यूनिर्भसिटि अफ अमेरिकाद्धारा आयोजित एक विशेष कार्यक्रमका विच सो युनिर्भसिटिका भाईसचान्सलर स्वामी योगी देवराजको भनाईलाई उल्लेख गर्दै सोही भूगोलबाट जन्मेको पातञ्जलले देशभित्र मात्र सिमित नरही विश्वव्यापी रुपमा आफ्नो पहिचान दिन सफलहुन सकोस भन्दै सो अनुसारको कार्यक्रम बनाई अगाडि बढ्न पातञ्जल योग समितिका अभियान्ताहरुलाई सुझाव दिएका थिए ।


पातञ्जल योग समिति नेपाल केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदी, केन्द्रिय सदस्य डा प्रकाश पाण्डे, केन्द्रिय सदस्य दिर्घराज गिरी, केन्द्रिय सल्लाहाकार संयोजक होमप्रसाद गौतम लगायतले पातञ्जल योग समिति नेपालले योगजागरण अभियानमा खेलेको भूमिकाको बारेमा प्रकाश पारेका थिए ।


पातञ्जल योग समिति नेपालका केन्द्रिय संरक्षक डा खनाल, केन्द्रिय अध्यक्ष सुवेदी,महासचिव नबराज काफ्ले,कोषाध्यक्ष जानुकादेवी भट्टाराई,केन्द्रिय सदस्य सुर्वणलाल चित्रकार,केन्द्रिय सदस्य रामनाथ अधिकारी, केन्द्रिय सदस्य दिपक प्रसाद नेपालहरु बाट ७ वटा विषयमा केन्द्रित भै कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । सोहि दिन निर्णय हुन नसकेका विषयहरुमा १ महिना भित्र अन्तिम रुप दिई देशभर एकरुपता हुने गरि कार्यान्वयनमा ल्याईने केन्द्रिय सदस्य सुर्वणलाल चित्रकारले अवगत गराए । त्यसैगरि पातञ्जल योग समिति नेपालको केन्द्रिय कार्यसमितिको आगामी वैठक रुपन्देहि जिल्लामा ०७६ आश्विन ५ गते बस्ने घोषणा गर्दै निर्धारित कार्यक्रम सम्पन्न गरिएको केन्द्रिय सदस्य डा प्रकाश पाण्डेले जानाकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित