मन्त्री पोखरेद्वारा विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान

New york
काठमाडौँ ।
विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान गरेका छन् । मन्त्री पोखरेलले भिजिट नेपाल २०२०लाई सफल बनाउन आयोजित नेपालको पर्यटन कला र संस्कृती बिषयक गोष्ठीलाई सम्बोधन गर्दै नेपाल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट तथा पर्यटकीय सम्भावना बोकेको देश मध्येको एक भएको बताए ।
नेपालको संयोजक अमित उपाध्यायको विशेष पहल तथा युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा मंगलवार आयोजित दिगो विकास लक्ष्य – ४ सम्बन्धि हाई लेभल पोल्टिकल फोरममा भाग लिन न्युयोर्क रहनुभएका पोखरेलले कन्सुलेट जनरल अफ नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा आयोजित नेपालको पर्यटन कला र संस्कृती बिषयक गोष्ठीमा सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपाल सर्वोच्च शिखर सगरमाथा तथा गौतवबुद्धको देश समेत भनेर चिनिने गरेको स्मरण गराउँदै नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएको बताए ।
कार्यक्रममा मन्त्री पोखरेलले नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको समेत जानकारी गराएका थिए ।

New york 2
कार्यक्रममा मन्त्री पोखरेलले नेपाल सरकार समृद्ध नेपाल, सुखि नेपालीको नाराका साथ अघि बढिरहेको बताउँदै नेपाल सुन्दर, सुरक्षित र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । नेपाल आउने पर्यटकलाई आवश्यक सम्पूर्ण सेवा र सुरक्षा दिन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुहुदै मन्त्री पोखरेलले विविधताले भरिपूर्ण सुन्दर देश भ्रमण गर्न सम्पूर्णमा आग्रह गरेका थिए।
नेप्लीज अमेरिकन फेस्टीवल कन्फरेन्सको चौंथो श्रृखलाको रुपमा नेपाली पर्यटन, कला र परम्पराको प्रदर्शनी गरिएको उक्त कार्यक्रममा अमेरिकी समाज र नेपाली गैरआवासीय संगठन लगायत अन्य बैदेशिक कुटनितिक पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।
अमेरिकी मेट्रोपोलिटन म्यूजियम अफ आर्टका क्युरेटर जोन गाई, हार्वड विश्वविधालयका प्राध्यापक माइकल विटजार्ड लगायत पाटाका न्यूयोर्क च्याटपर प्रमुख एलिजावेथ चिन, पर्यटन वोर्डका सिनियर अफिसर दिवाकर बिक्रम राना, नेपाली काउन्सलर पुष्प राज भटराई अनि रिमोट ल्याण्डसकी संस्थापीका क्याथरिन हेयल्डसको पनि प्यानलिस्टका रुपमा उपस्थिती रहेको थियो ।
प्रमुख अतिथिका रुपमा नेपाल सरकारका शिक्षा मन्त्री पोखरेलको उपस्थिती रहेको थियो भनें पर्यटन वोर्डका दिवाकर बिक्रम रानाको पनि बिषयगत प्रस्तुति रहेको थियो । उक्त कार्यक्रम नेपालको पर्यटन प्रवद्र्धनको हिसावले अत्यन्त व्यवस्थित तथा प्रभावकारितामूलक भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित