जेल जानबाट यसरी जोगिए छवि, भित्री रुप भने खतरनाक

shilpa-chhabi.width-800

 काठमाडौं । नेपाली फिल्मको ‘बाघ’ भनेर चिनिएका छविराज ओझा कान्छी पत्नीसँगको लफडामा परेसँगै एक्लिएका छन् । ठूलो धनराशि खर्च गरेर राम्रा फिल्म बनाउँदै आएका ओझा आफ्नी कान्छी पत्नी शिल्पा पोख्रेलका कारण विवादमा तानिए ।

 अभिनेत्री रेखा थापासँगको डिभोर्स प्रकरणमा छविले यति धेरै बद्नामी कमाउनु परेको थिएन । विवाद यतिसम्म अगाडि बढ्यो कि शिल्पाले जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी छिन् ।

 युवती भनेपछि हुरुक्कै हुने र शंकालु स्वभावका छविको हर्कतको शिल्पाले विभिन्न अन्तर्वार्तामार्फत खुलस्त पारिदिएकी छन् । सार्वजनिक चरित्र बनाएका छवि र शिल्पाबीच तीन वर्ष अगाडि औपचारिक रुपमा विवाह भएको थियो । मोडलिङबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी शिल्पालाई नेपाली फिल्ममा छविले नै पहिचान दिएका हुन् । शिल्पाका लागि सुन्तली, मंगलम जस्ता राम्रा फिल्म बनाएका छवि यतिखेर जेल जानबाट भने शिल्पाकै कारण जोगिएका छन् ।

 शिल्पाले गत साता महानगरीय प्रहरी परिसर काठमाडौंमा छविविरुद्ध दर्ता गराएको उजुरीमा मेडिकल रिपोर्ट पेश गरेको भए छवि यतिखेर जेलमा हुन्थे । तर, शिल्पाले उक्त रिपोर्ट पेश गरिनन् । शिल्पाले छविलाई हिरासतमा नथुनाए पनि सार्वजनिक बेइज्जती भने गरिदिएकी छन् । तर, प्रहरीसामु छविले माफि भने मागेका थिए । आफ्नो अपराध लुकाउन छविले कोही पनि समर्थक नभएको देखाउन परिसरमा एक्लै पुगेका थिए । तर, त्यो उनको नौटंकी रहेको उनलाई नजिकबाट चिन्नेहरु नै बताउँछन् ।

 आफूभन्दा झण्डै दोब्बर उमेरका छविसँग गुपचुप विवाह गरेकी शिल्पाका बारेमा पछिल्लो समय राम्रा र नराम्रा धेरै कुराहरू बाहिर आएका छन् । नायिका शिल्पाका हर्कतका बारेमा छविले खुलैर अन्तर्वार्ताहरूमा विभिन्न आरोपहरु लगाएका छन् । नायिका शिल्पा छविकी चौथो पत्नी हुन् । फिल्म हेर्न जान नपाएको विषयमा कानको जाली फुट्ने गरी छविको कुटाइ खाएकी शिल्पाले घर छाडेर हिँडेकी थिइन् । यतिबेला शिल्पालाई फोटो ग्राफर विकास रौनियार र उनकी पत्नी सम्झना उप्रेती रौनियारले साथ दिएका छन् ।

 शिल्पाले युट्युबहरूमा दिएको अन्तर्वार्ताहरूका अनुसार छविले आर्यन सिग्देल, सविन श्रेष्ठ, सुवास, पुष्प खड्कासहितका कलाकार र निर्माताहरूसँगको सम्बन्धमा शंका व्यक्त गरेका थिए । तर, ति सबै निराधार रहेको शिल्पालाई चिन्नेहरु बताउँछन् । अब उनीहरू एकसाथ बस्नै नसक्ने गरेर अलग भएका छन् । शिल्पाले सम्बन्ध विच्छेदको मुद्धा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएपछि उनीहरूसँगै बस्ने सम्भावना टुटेर गएको हो ।

 यति मात्रै होइन छविले कान्छी पत्नी शिल्पालाई फेसबुकमा ब्लक नै गरिदिएका छन् । छवि र शिल्पाबीच फोनमा सम्वाद नै हुन छाडेको छ । उनीहरूका बीच कानून व्यवसायीमार्फत कुराकानी हुने गरेको छ । युवती भनेपछि हुरुक्कै हुने स्वभावका छविका चार पत्नीमध्ये एकले आत्महत्या गरेकी थिइन् ।

 छविको मानसिक तनाव सहन नसकेर उनले आत्महत्या गरेको यस अघि खुलिसकेको छ । शिल्पा अघिकी पत्नी रेखा थापाले पनि छविका यस्तै हर्कतले सँगै बस्न नसक्ने भएपछि छाडेर अहिले अलग्गै आफ्नै काम गरेर चाबहिलमा बस्दै आएकी छिन् । शंकालु छविमागि पत्नीलाई सम्हाल्न नसकेको आरोप लागेको छ ।

 कतिपयले नायिका बन्न र हिट हुन छविलाई शिल्पाले फसाएको समेत चर्चा पनि हुने गरेको छ । आफूभन्दा दोब्बर उमेरका तथा तीनवटी पत्नी रही सकेका छविको पछि लाग्नु शिल्पाकै गल्ती भएको बताउनेहरु पनि कम छैनन् । यतिबेला शिल्पालाई केकी अधिकारी, रेखा थापालगायतका अभिनेत्रीहरू र धेरै दर्शकले समर्थन गरेको देखिन्छ भने छविलाई खुलेर धेरैले साथ दिएका छैनन् ।

 बाहिर हेर्दा नम्र स्वभावका छविको भित्री रुप भने खतरनाक रहेको उनलाई चिन्नेहरु नै बताउँछन् । आफूलाई चोखो सावित गर्न छविले फेसबुकमार्फत शिल्पालाई संसारका कुनै अदालतहरुमा जानु पर्दैन छवि ओझाकै अदालतमा सिधै आउनुहोस् भनेर सुझाव दिएका छन् ।

 त्यस्तै दर्शकहरुको मन जित्न शिल्पा फर्किएको खण्डमा आफू गान्धीवादी भएर बस्ने भनेर उटपट्याङ कुरा गर्न पनि छवि पछि परेका छैनन् । उनले भनेका छन्–‘मेरो इतिहास पल्टाएर हेर्नुस् आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन र तपाईलाई पनि पार्दिन ।’ तीन वटी श्रीमतीलाई छाडिसकेका उनको यो भनाइ पुष्टि हुने आधार भने देखिदैन ।

 

प्रतिक्रिया

सम्बन्धित