किरण भारतीय क्लबमा आबद्ध

kiran

  काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेमजोङ भारतीय क्लब मिर्नेभा पञ्जाब आबद्ध भएका छन्।किरणले भारतको माथिल्लो डिभिजनको आई लिग खेल्ने क्लब पञ्जाबसँग दोस्रो पटक सम्झौता गरेका हुन्।

यसअघि उनले २०१७ को सिजनको अन्त्यमा पञ्जाबबाट खेलेका थिए। त्यतिबेला उनले ८ खेल खेलेका थिए। २ महिनाअघि किरण र माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबीच भएको सम्झौता रद्द भएको थियो।

क्लबले पनि किरणसँग सम्झौता भएको पुष्टि समाजिक सञ्जालमार्फत गरेको छ।

पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिगका लागि टिसी स्पोर्ट्स क्लबले फरवार्ड विमल घर्तीमगर र गोलकिपर किरण चेमजोङसँग सम्झौता गरेको गरेको थियो। टिसी स्पोर्ट्स लिगको साविक विजेता हो। राष्ट्रिय टिममा नरहेका विमल भने क्लबबाट खेलिरहेका छन्।

२८ वर्षीया किरणले सन् २०१६ मा मनाङ मस्याङ्दीबाट खेलेका खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले।

त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौ घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ६५ क्याप जितिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित