७७ जिल्ला र ६ महानगरमा को–को भए इन्चार्ज र सह–इन्चार्ज ? (नामावलीसहित)

nekapa_1

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ वटा महानगरपालिकालाई पनि जिल्ला कमिटीकै मान्यता दिएर इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको हो ।

सचिवालयले टुंगो लगाएका जिल्ला इन्चार्ज र सह–इन्चार्जको नाम आजै पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


‘सांगठनिक एकताको कामलाई अन्तिम रुप दिन लागेका छौँ। आज त्यस अन्तरगत ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्जहरु तोक्ने काम सकियो ।’ प्रवक्ता श्रेष्ठले भने ।

उनले मंगलबार धुम्बाराहीमा पुनः सचिवालयको बैठक बसेर विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाउने पनि बताए ।

काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ भने ९ जना सहइन्चार्ज छन् । काठमाडौं महानगरको इन्चार्जको जिम्मेवारी भने जीवनराम श्रेष्ठलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित