कास्कीमा नयाँ एसपीको चर्तिकला : पीडित मारमा ,पीडकलाई सुविधा

पोखरा । साउन २४ गते हरियो खर्कमा सवारी दुर्घटनामा परि घाइते भएका ३५ वर्षिय सुर्य रानाभाटको दाँया खुट्टा काटिएको छ । मणिपालमा उपचार हुन नसकेपछि ग्राण्डी हस्पिटल काठमाडौं लगिएका सुर्यको गोडा घुँडा भन्दा मुनी काटिएको पारिवारिक स्रोतले जनाएको छ । बन क्याम्पसबाट पोखरातर्फ आइरहेको ग३प ८३०१ नम्वरको मोटरसाइकलमा सवार रानाभाटलाई विपरित दिशावाट आएको ग२च ४६१५ नम्वरको कारले ठक्कर दिएको थियो । जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख विरञ्जी गौतमले चलाएको कारले मोटरसाइकल चालकलाई ठक्कर दिए पछि रानाभाट सडकमा पल्टिएका थिए । दुर्घटनामा परेको मोटरसाइकल करिव सय मिटर तल सम्म घिसारिएको प्रत्यक्षदर्शीले बताएका थिए । औषधी पसल चलाउँदै आएका घाइते रानाभाट र दुर्घटना गराउने गौतम पक्षबीच पटक–पटक वार्ता भएपनि निस्कर्षमा पुग्न सकेको थिएन । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको बार्तामा भने सहमती भएको छ । सहमती अनुसार घाईतेको पूरै उपचार गर्ने र १७ लाख रुपैयाँ आर्थिक सहायता उपलव्ध गराउने निर्णय गरिएको घाइते पक्षबाट थाहा हुन आएको छ । घटना भएपछि कार चालक पक्षवाट गम्भिर त्रृटि भएको भन्दै घाइते पक्षले क्षतिपूति स्वरुप मोटो रकम माग गरेका थिए । तर, पूरा उपचार गरिदिने र १७ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरि विवाद समाधान भएको छ । घटनामा संलग्न सवारी साधन ग२च ४६१५ नम्वरको कार प्रहरी कार्यालय नल्याइकन एकैचोटी मुद्दा टुङ्ग्याउनुलाई रहस्यमय मानिएको छ । दुर्घटनामा संलग्न कार र कार चालक बारे पत्रकारहरुले वुझ्न खोज्दा प्रहरी कार्यालय कास्कीले परस्पर विरोधी अभिव्यक्ति दिएको थियो । कास्कीमा भर्खरै आएका एसपी अशोक सिंहलेसमेत घटनाको बारेमा पत्रकारहरुलाई यथार्थ विवरण दिन मानेका छैनन् । कारण हो कार चालक गौतम अञ्चल प्रहरी कार्यालय गण्डकीका एसएसपी विष्णुहरी गौतमका सहोदर भाई हुन् । कार चालक पक्षधरले कार आफू सँगै रहेको बताइरहँदा सँगै रहेका कास्की प्रहरीका प्रवक्त डिएसपी खड्कबहादुर खत्रीले कार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेको बताएका थिए । भर्खरै मात्र कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक सिंहको कार्य कक्षमै डिएसपी खत्रीले दुर्घटना गराउने गाडी ट्राफिक प्रहरी कार्यालयमै रहेको बताएका थिए । तर, ट्राफिक कार्यालय कास्कीमा बुझ्दा उक्त गाडी मर्मतका लागि हुण्डाईको वर्कसपमा राखिएको थाहा हुन आयो । तर, आफूलाई सिंघम एसपी ठान्ने कास्की प्रहरी प्रमुख सिंह भने यो दुर्घटना प्रकरणपछि सर्वासाधरणको नजरमा गिरेका छन् । किनकी सर्वसाधारण नागरिकबाट यस्तो दुर्घटना भएको भए चालक र सवारी साधन दुवै प्रहरी नियन्त्रणमा अनिवार्य ल्याइन्थे र दुर्घटना गराउनेप्रति प्रहरीका बुट बजारिन्थे । तर, दुर्घटना गराउने पक्षमा रहेर एसपी सिंहले पीडित पक्षलाई मिल्न दबाब दिएको समेत स्रोतले बतायो । एसएसपी गौतमका भाई भएका कारण उनलाई न प्रहरीमा आउन प¥यो न उनको गाडी नै तानेर ल्याउनु प¥यो । शक्तिका वरिपरिका व्यक्तिहरुले पाउने छुटका यस्ता घटना नेपालमा सामान्य नै मानिन्छन् । यसअघि मणिपाल अस्पतालमा चिकित्सा शास्त्रका विद्यार्थीको मृत्यु प्रकरणमा तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालका छोरालाई पनि यस्तै सुविधा प्राप्त भएको थियो । चर्को आरोपका बाबजुद पनि उनी प्रहरी फन्दामा परेका छैनन् ।यूनाइटेड पोष्ट साप्ताहिकबाट

 

प्रतिक्रिया

सम्बन्धित