संसदमा एमाले सांसदले ‘बाँदर’ भनेपछि हंगामा

काठमाडौं । सँसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश हुँदा नेकपा एमालेकी सांसद ममता गिरी बैठकमा ‘बाँदर’ शब्द प्रयोग गरेपछि हंगामा मच्चिएको छ । सांसद गिरीले ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन्, र अरुको घर पनि बन्न दिँदैन्’ भन्दै टिप्पणी गरेपछि सत्ता पक्षबाट प्रतिवाद भएको थियो ।

  सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले त्यसको प्रतिवाद गरेका थिए । उनले ‘बाँदर’ शब्द रेकर्डबाटै हटाउन लगाएका थिए । सांसद गिरीले भनिन - ' यहाँ सुनियो, संदनमा प्रतिपक्षीले राजनीति गर्यो। सार्वजनिक महत्वको प्रस्ताव राख्यो भनेर भन्ने टिप्पणी सुनियो । मुलतः सत्ता पक्षबाट हामीले सत्ता पक्षलाई सार्वजनिक महत्वको प्रस्ताव नल्याउनु कसैले भनेको थिएन् । किन उहाँहरुले ल्याउनुभएन् । अनी प्रतिपक्षले ल्यायो भन्दै गलत ढंगले व्याख्या र टिकाटिप्पणी गर्नु के यो जायज हो । भनिन्छ बाँदरले आफ्नो घर पनि बनाउँदैन्, र अरुको घर पनि बन्न दिँदैन् । यो टिप्पणी यस मानेमा सहि हुनसक्छ ।'

 त्यसपछि प्रतिवाद गर्दै काँग्रेसका सांसद रामहरि खतिवडाले भने-  'यो संसद भनेको सबैको प्रतिनिधित्व हो । कोही बाँदर बन्ने शब्दको प्रयोग भयो, असंसदीय शब्द हो । र यो रकेर्डबाट हटाइयो भन्ने अनुरोध गर्दछु । संसदमा भएका मान्छेलाई बाँदर भनेको हो भने घोर आपत्ति छ । यो संसदीय शब्द होइन् । यो डिलेट गरियोस् ।'  रामहरि खतिवडाले यसो भन्दा कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले ताली पिटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित