नेपाल ४ विकेटले पराजित

nepal vs quatar

  काठमाडौं । विश्व ट्वान्टी–२० को एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । मंगलबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालमाथि कतारले सहज जित हात पारेको हो ।

नेपालले जम्मा १२२ रन मात्रै जोड्न सकेको थियो। १२३ रनको लक्ष्य पछ्याउँदै मैदानमा आएका कतारको पनि ओपनिङ खासै जम्न भने सकेको थिएन । तर, खेल भने उसैले जित्यो ।

१३ रनमै पहिलो विकेटको झट्का लागेको कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि नेपाल ४ विकेटले पराजित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित