मनोज पुन समुहका सदस्य फिरौती रकम सहित पक्राउ

काठमाडौं । रुपन्देहीमा सुरक्षा चुनौती थपिरहेका सर्वाधिक खोजीमा रहेका मनोज पुन समुहका सदस्य प्रहरी फन्दामा परेका छन् ।  इलाका प्रहरी कार्यालय बुटवलमा मंगलबार पत्रकार सम्मेलन गर्दै  सुशान्त लाकौललाइ पक्राउ गरी सार्बजनिक गरेको हो ।

 लाकौलले रुपन्देही लगायत आपपासका उद्योगी ब्यबसायीलाइ ज्यान मार्ने धम्की दिइ ५ लाख फिरौती रकम बैंक तथा आइएमइबाट मनोज बुढा मगरलाइ पठाएको भेटिएपछि पक्राउ गरीएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले नागरिकहरु त्रसित हुनुपर्ने अबस्था नरहेको भन्दै मनोज पुनसंग जोडिएको जालो केहि समयमै तोडिने भन्दै आत्मबल बढाएर नागरिकलाइ प्रहरीलाइ सहयोग गर्न आग्रह गरे ।

 इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले प्रहरीले अपरेशन अगाडि बढाएको भन्दै तत्कालै नयाँ नतिजा आउने बिश्वास ब्यक्त गरे । पक्राउ परेका लाकौलके साथबाट १ थान मोवाइल र २ थान सिम बरामद गरेको छ । मनोज युवासंघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीका हत्या आरोपित हुन् ।

प्रतिक्रिया

सम्बन्धित