तीन नेपाली युवती मालाबीमा अलपत्र

sita

  काठमाडौं । दक्षिणपूर्वी अफ्रिकी मुलुक मालाबी पुगेका तीन नेपाली युवतीको ७ महिनादेखि अलपत्र परिरहेका छन् । यति लामो समयसम्म पनि उनीहरुको उद्धार हुन सकेको छैन ।

मालाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो ।

मालाबीस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष दीपक पोखरेलले मुम्बई र दुबईको नाका हुँदै पुगेका युवती अलपत्र परेको संघले ५ महिनाअघि नै जानकारी पाएको बताएका छन् ।

आवश्यक कागजात र भिसासमेत नरहेको अवस्थामा यहाँको मानव अधिकारसहितको सहयोगका सरकारी ‘सेफ हाउस’ मा राखिएको तर यसै साताबाट उनीहरू त्यहाँबाट भगौडा बनेको सूचना आएको उनले बताए ।

परराष्ट्र मन्त्रालयका अनुसार मालाबी पुगेर बिचल्ली पर्नेमा काभ्रेपलाञ्चोककी २५ वर्षीया सीता खनाल, सिन्धुलीकी ३२ वर्षीया सीता थिङ र प्यूठानकी वसन्ता जैसी छन् । ‘हाउसमेड’ का रूपमा काम गर्न भनी मालाबी पुर्‍याइएका यी युवतीबारे जानकारी पाएर परराष्ट्र र गृह मन्त्रालयले ५ महिनाअघि उद्धारका लागि पत्राचार थालेको भएपनि अझै उद्धार हुन सकेको छैन ।

आकारमा नेपालभन्दा सानो र गरिब अफ्रिकी भूपरिवेष्टित मुलुक मालाबीमा अहिले झन्डै दुई दर्जन नेपाली कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित