सडक सुरक्षा र लागूऔषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशिल रहने आइजीपी खनालको प्रतिवद्धता

igp khanal

 काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागूऔषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खनालले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना न्यूनिकरण हुँदै गएको बताउँदै दुर्घटनाको अर्को कारणको रुपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न नेपाल प्रहरी लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

igp khanal ddd

आईजीपी खनालले भने–‘लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा सो सम्बन्धी २–२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी भएको छ ।’

आईजीपी खनालले नागरिक समाजका अगुवाहरुलाई सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ दिन पनि आग्रह गरे ।

कार्यक्रममा आईजीपी खनालले लागू औषधको दूव्र्यसनीका कारण पनि सडक दुर्घटना बढ्ने काम भइरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रहरीहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित