युवाले आँट मात्र गरे नेपाल समृद्ध राष्ट्र बन्छ : प्रचण्ड

prachanda

 काठमाडौं। । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने वताएका छन्। ।

लियो क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “युवाले लक्ष्य ठूलो राखेर हिँड्यो भने हामीले लक्ष्य हासिल गर्न सक्छौँ । आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पु¥याउन सक्छ ।”

उहाँले युवाले सङ्कल्प मात्र गरे यी सबै कुरा पूरा हुने बताउनुभयो । “दशदेखि बीस वर्ष्भित्र नेपाल संसारकै सबैभन्दा सभ्य र सुसभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्छ”, उहाँले भन्नुभयो, “नेपालको इतिहास र भूमि उर्भरभूमि हो । नेपाल विचार निर्माण र सिर्जनाको दृष्टिकोणले धेरै अगाडि जान सक्दछ । नेपाल संसारको अग्लो टाकुरा भएको देश हो जहाँबाट बोलेको संसारभर सुनिन्छ ।”

अध्यक्ष दाहाललले समाज विविध विचार, व्यक्तित्व र रचनाको समिश्रणबाट बनेको बताउनुहुँदै युवालाई आफूभित्र समाज, राष्ट्र र मानवजातिका निम्ति नयाँ सङ्कल्प र नयाँ आकाङ्क्षा प्रतिबद्धताको रुपमा विकास गर्न आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईंका अगाडि सिङ्गै जीवन छ । उहाँले युवाहरुलाई आफूहरुले विगतमा गरेजस्तो सङ्कल्प गरे देशमा ठुल्ठूला चमत्कार नै हुनसक्छ ।” उहाँले युवालाई सिक्ने कार्यमा निपूर्ण बन्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलगायतले देशको विकासका लागि युवाशक्ति नै केन्द्रित हुनुपर्ने बताउनुभयो । –रासस

प्रतिक्रिया

सम्बन्धित