इन्टरनेशनल एजुकेशन फेयर गर्दै आइरिन

काठमाडौं : शैक्षिक परामर्शदाता संस्थाहरुको छाता संगठन इन्टरनेशन एजुकेशन इनिसेटिभ अफ नेपाल(आइरिन) र नेपलिज एशोसियसन अफ अष्ट्रेलियन एजुकेशन रेप्रेजेन्टेटिभ(नाइर) को आयोजनामा ‘इन्टरनेशनल एजुकेशन फेयर’ हुने भएको छ । भोली(बुधबार) बाट शुरु हुने फेयर दुई दिनसम्म चल्ने दिन सञ्चालन हुने आयोजकहरुले बताएका छन् । दरबारमार्गमा रहेको होटल अन्नपुर्णमा हुने फेयरमा अष्ट्रेलिया, अमेरिका, न्युजील्याण्ड, युरोप र भारत लगायतका देश सम्वद्ध विश्वविद्यालय तथा क्याम्पसहरुका प्रतिनिधिहरुको उपस्थिति रहने पनि आयोजक संस्थाले माइन्यूज नेपालले बताएको छ । फेयरमा कलेज र युनिभर्सिटीका रिजनल म्यानेजर, स्टुडेण्ट म्यानेजरलगायत उच्चपदस्त कर्मचारीहरुको उपस्थित रहने हुँदा विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरु सम्वन्धित कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुसमक्ष राख्न पाउनेछन् । आइरिनका अध्यक्ष प्रेम पाण्डेका अनुसार फेयरमा उच्च शिक्षा अध्ययनका लागि विदेशी जान चाहने विद्यार्थीहरुको छात्रवृत्ति सम्वन्धी चासो र जिज्ञासालाई सम्वोधन गर्न विशेष ब्यवस्था गरिएको छ । फेयरमा २० वटा भन्दाबढि परामर्षदाता कम्पनीहरुको उपस्थिति रहने बताइएको छ । दश वर्ष भन्दा बढि सेवा प्रदान गरिसकेका तथा अनुभवी परामर्षदाता कम्पनीहरुको उपस्थिती रहने आयोजकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित