क्लव डेजाभूका अध्यक्ष श्रेष्ठ एयरपोर्टबाट पक्राउ

manoj shrestha

  काठमाडौं । दरबारमार्गस्थित क्लव डेजाभूका अध्यक्ष मनोज श्रेष्ठ एयरपोर्टबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले हङकङबाट नेपाल आउने क्रममा उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ परेकाे जानकारी गराए ।

बैकिङ कसुरमा फरार रहेका उनीविरद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस समेत जारी भएको थियो ।

प्रहरीका अनुसार श्रेष्ठविरुद्ध २०७५ पुस १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो ।

श्रेष्ठले डेजाभूको अध्यक्ष हुँदा कम्पनी मर्मत गर्न विश्वराम श्रेष्ठबाट दुई करोड ऋण लिएका थिए । विश्वरामले रकम फिर्ता मागेपछि श्रेष्ठले दुई करोडको चेक दिए पनि बैंकमा रकम थिएन ।

त्यसपछि उनी फरार भएका थिए । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित