उपसचिवको घरमा गोली हानेको आरोपमा पूर्वइन्जिनियर खनाल ५० राउन्ड गोलीसहित पक्राउ

goli

  काठमाडौं । काठमाडौंको कलंकीस्थित पूर्व उपसचिव तथा हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा महानगरीय अपराध महाशाखाले पूर्वइञ्जिनियर शुभांकर खनाललाई पक्राउ गरेको छ ।

महाशाखले काठमाडौं प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको छ । महाशाखाले केहीबेर अघि खनाललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले खनालको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको छ । सो लाइसेन्सप्राप्त हतियार भएको प्रहरीले जनाएको छ ।

महाशाखा स्रोत भन्छ–‘लाइसेन्स प्राप्त हतियारबाट गोली चलेकोजस्तो देखिएका कारण उनलाई नियन्त्रणमा लिएको हो । खनालको हतियारबाट गोली चलेको हो’होइन भन्ने चाहिँ वैज्ञानिक जाँचबाट मात्र खुल्छ ।’ प्रहरीले सामाखुशीमा रहेको नेपाल प्रहरीको ल्याबमा हतियार परीक्षणका लागि पठाउने जनाएको छ ।

शर्माको घरको तेस्रो तलामा उनकी छोरी सुत्ने कोठामा गए राति ९ बजेतिर गोली प्रहार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित