गृह मन्त्रालयमा प्रहरीको छुट्टै हेडक्वाटर ? आईजीपी अर्याल हैसियतविहिन बन्दै

काठमाडौं ।  गृहमन्त्री  जनार्दन शर्माका सुरक्षा सल्लाहकार पुर्व एआईजी सुरेन्द्र बहादुर शाहले नेपाल प्रहरीका एसएसपी, एसपी र डिएसपी सहितका कर्मचारीलाई राखेर गृह मन्त्रालयमा सचिवालय नै खडा गरेका छन् ।

 गृह स्रोतका अनुसार शाहले नेपाल प्रहरीबाट एसएसपी केदार रिजाल,एसपी मनोज न्यौपाने र डिएसपी वासु पाठकलाई प्रहरी हेडक्वाटरबाट झिकाएर  टिम नै गठन गरेका हुन ।

 राजनीतिक नियुक्ती पाएका शाहले प्रहरी नियमवाली बिपरित राष्ट्रसेवक प्रहरीहरु राखेर कार्यालय चलाएका कारण त्यसको बिरोध भएको छ । प्रहरी नियमवालीको कुन दफामा त्यस्तो सचिवालयको परिकल्पना छ ? त्यस्तो सचिवालयमा रहने दरवन्दी कहाँ बाट कसले दियो ? अनि के अव गृह मन्त्रालयमा मन्त्री फेरिए पिच्छे सल्लाहकार भएर आउनेले प्रहरी अधिकृत सहितको सचिवालय खडा गरेर राख्न पाउने हुन ? भन्दै सामाजिक सन्जालबाट गृहमन्त्री जनार्दन शर्मा र उनको समुहको आलोचना भैरहेको छ ।  गृहमन्त्री र पुर्व एआईजी शाहको यो कार्यले नया शक्ति केन्द्रको अभ्यास हुने खतरा समेत पैदा भएको छ ।

  त्यसो त ,गृह मन्त्रालयको सुरक्षा सल्लाहकार पूर्व एआईजी शाह गृहमन्त्री शर्माका जिल्लाबासी एवम् स्कुले सहपाठी पनि  हुन । गृहमन्त्री शर्मा लेखा समितिको सभापति हुँदा हालका आईजीपी प्रकाश अर्यालको ३३ किलो सुन काण्डको अनुसन्धान गरेका थिए । त्यतिखेर शर्माले पूर्व आईजीपी उपेन्द्रकान्तलाई फालेर शाहलाई आईजीपी बनाउन खोजेका थिए ।

  तर, शर्मा सफल हुन सकेनन् । त्यतिखेर आईजीपी बनाउन नसकेपछि शर्माले शाहलाई सुरक्षा सल्लाहकार बनाइ उपेन्द्रकान्तलाई दरो जवाफ दिएर प्रहरीमा ठाडो हस्तक्षेप गरेका छन् । सुरक्षा सल्लाहकारको हैसियत राज्यमन्त्री सरह हुने भएपछि आईजीपी प्रकाश अर्यालले गर्ने कुनै पनि काममा अब सिधै शाहले रोक्न सक्ने छन् ।

  आईजीपी अर्यालका अघोषित सल्लाहकार उपेन्द्रकान्त अर्याल हुन् । उपेन्द्रकान्त र शाहको सम्बन्ध कहिल्यै पनि राम्रो हुन सकेन । संगठनमा हुँदा संगठन प्रमुखलाई फालेर नेतृत्व हत्याउन निरन्तर प्रयास गर्ने शाह गृहमन्त्रीको सल्लाहकार भएपछि उनले हिजो संगठनमा रहँदाको तुष पोख्ने सल्लाह दिन थालेको र अहिले गठन गरेको टिम पनि त्यसैको एउटा उदाहरण रहेको एक उच्च प्रहरी अधिकारीले वताए ।

प्रतिक्रिया

सम्बन्धित