भारतबाट धम्क्याएर ७५ लाख माग्ने पक्राउ

thag

  काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न समयमा नेपाली तथा भारतिय मोबाईल नम्बरहरूबाट धम्क्याई ७५ लाख माग गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाका अनुसार उनले कहिले नेपाली मोबाइलबाट त कहिले भारतमै पुगेर भारतीय नम्बरबाट फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई ७५ लाख माग गरेका थिए ।

महाशाखाले शुक्रबार ललितपुर महानगरपालिका–२४ बस्ने वर्ष ३० को उदय गिरीलाई ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो ।

गिरी यस अघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको । गिरीमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित