बेलायतमा हाईक फर नेपाल सम्पन्न (फाेटाे फिचर)

uk4

  ब्रेकन । नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन गर्ने उद्देश्यले वेल्सको ब्रेकनमा अगस्ट को २ देखि ४ तारीखसम्म ३ दिने क्याम्पिङ्ग र हाईक फर नेपाल (लामो दुरीको पैदल यात्रा) सफलताका साथ सम्पन्न गरिएको छ ।

पोखरेली मञ्च यू के र वी विल राइज फाउन्डेशनको स्यूक्त आयोजनामा आयोजित हाईक फर नेपालको सो कार्यक्रमले संयुक्त अधिराज्यको वेल्सलाई करिव चार घण्टा नेपालमय बनाएको थियो ।

uk 11

बेलायत भरीबाट सहभागी हुन आएका विभिन्न उमेर समूहका करीब ३०० जना पैदल यात्रीहरुले वेल्सको लाङ्गघोर्स माउन्टेनमा ९ किलोमिटर लामो पैदल यात्रा बडो उत्साह र उमंगका साथ पूरा भयो । जसमा कान्छो उमेर ४ बर्ष देखि थुप्रै स्वदेशी तथा बिदेशी सिनिएर सिटिजनको पनि उपस्थिती रहेको थियो।

नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रर्वद्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुशीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् ।

आयोजना स्थलमा नेपालको मानचित्र, शान्तीका अग्रदूत भगवान गौतम बुद्धको आकृती र भूकम्पले तहसनहस पारेको ३ करोड नेपालीको अमूल्य धरोहर, धरहराको निर्माण गरी विश्व शान्तीका लागी दीप प्रज्वलन समेत गरिएको थियो ।

भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृतिसँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस भन्ने सन्देश स्वरुप सोको प्रतिमूर्ती बनाइएको कुरा पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले बताए।

uk3

आयोजना स्थललाई नेपालमय बनाउन र सो सन्देश दिन करीब ६ मिटर (१८ फिट) अग्लो धरहरा गुरुङ आफैले निर्माण गरेका थिए।

कार्यक्रममा मुख्य अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए ।

uk 12

नेपालका लागि सँगसँगै पाईला चालौं भन्ने नाराका साथ भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइजको पहलमा हङकङबाट सुरु भएको हाइक फर नेपाल तेस्रोपटक बेलायतको वेल्समा आयोजना गरिएको हो ।

बिदेश बसेता पनि नेपाल प्रती हरेक नेपालीले आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने दायित्वबोध गराउने खालका यस्ता कार्यक्रम संसारभर आयोजना गर्न सकिने जनाउँदै हङकङबाट सहभागिता जनाउन आएका फाउण्डेसनका संस्थापक तुलसी गुरुङले सबैलाई आआफ्नो स्थानबाट मुलुकका लागी सकेको पहल गर्न अनुरोध गरेका थिए ।

आयोजक पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

uk 13

कार्यक्रममा अन्य स्थानीय विशेष अतिथीहरुमा ब्रेकनका मेयर काउन्सिलर एन माथिएज, धम्पूस र ब्रेकन ट्वीनिङ्ग कमिटी यू के का अध्यक्ष काउन्सिलर डेविड मेडिरिथ, गत मे १९ मा सर्बोच्च शीखर सगरमाथाको सफल आरोहण गरेका क्याप्टेन गेथिन डेभिस, एन आर एन यू के उपाध्यक्ष श्रीमती पूनम गुरुङ्ग, मिस्टर यू के नेपाल मनन गुरुङ्ग थिए।

त्यस्तै नेपालबाट आएका अतिथीहरुमा डायरेक्टर अफ ईस्टर्न यूनिभर्सिटी प्रोफेसर डाक्टर बिजु थपलिया, नेपाल संस्कृत विश्व बिद्द्यालयका नगेन्द्रराज रेग्मी, नारद प्रसाद पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका भरत कुमार सुवेदी, परराष्ट्र मन्त्रालयका कृष्ण क्षेत्री लगायत अन्य थुप्रै स्थानीय बिदेशी ब्यक्तित्वहरुको समेत बाक्लो सहभागिता थियो ।

uk

आयोजनास्थल सुन्दर शहर ब्रेकन र धम्पुस बीच हालै मात्र गत फेब्रुअरीमा मुख्य संयोजक मेजर गुरुङ्गको पहलमा मितेरी साईनो पनि गाँसिएकोले ब्रेकनबासीको मनमा नेपाल प्रती थप माया, सद्भाव र चासो बढेको छ।

गत बर्ष १५० जतिको सहभागिता रहेको हाइक फर नेपालमा यस पटक आयोजकले ३०० जति सहभागीको अपेक्षा गरे अनुरुप ठ्याक्कै दोब्बरकै संख्यामा सहभागीता बढ्नु एकदमै सकरात्मक पक्ष रहेको र कार्यक्रम बेलायत बासी माझ लोकप्रीय बन्दै गएको ज्वलन्त उदाहरण हो भन्ने कुरा सो क्याम्पेनका लागि अहोरात्र खटिएका संयोजक मेजर गुरुङ्गले बताए।

आगामी बर्षहरुमा यसलाई अझ बृहत र थप ब्यवस्थित बनाउदै लैजाने उनले बताए। ब्यस्त बेलायती जीवन शैलीबाट केही दिन सापट लिएर ३ दिने क्याम्पिङ्ग र हाईकिङ्गमा बेलायत भरीबाट आएका सहभागीहरुले भरपूर आनन्द उठाएको कुरा सहभागीहरुले बताए।

uk 14

शहरको कोलाहलबाट दूर, काम को टेंशनबाट मुक्त शान्त, सुन्दर मनोरम डाडा काडांले घेरिएको ब्रेकनको लोङ्गघार्स डाँडा चढ्दा अधिकांशलाई गांऊघरको तिर्सना केही हदसम्म मेटिएको आभास भएको बताए भने नयाँ पिढीका यूवा बर्ग र बालबालिका हरुलाई कम्तीमा बर्षको एक चोटि स्वदेश जानुपर्छ भन्ने प्रेरणा मिलेको कुरा बताए, जुन एकदमै सकरात्मक पक्ष हो र भिजिट नेपालको उद्देश्य पनि यहिं हो।

यस पटक को हाईक फर नेपालमा ईन्डिभिजुअल ब्यक्ती, परिवारका अलावा केही संस्थाहरु पनि सामुहिक रुपमा जोडिन आएका थिए। जसमा तमु धी यूकेका उपाध्यक्ष हरि गुरुङ्ग, सहारा यू के परिवार र पीपल मोर्ट्गेज को ठूलो समूह थियो। सहारा यू के ले बर्सेनि जुलाई मा गर्ने आफ्नो क्याम्पिङ्ग कार्यक्रम लाई यो पटक थातीं राखी अध्यक्ष कुमार गुरुङ्गको अगुवाईमा हाईक फर नेपाल मै जोडिन आएका थिए।
 
u k 17
साथै पीपल मोर्टगेज का डायरेक्टर सूर्यप्रकाश गुरुङ्गले आफ्ना सहकर्मीहरुको ठूलो यूवा जमात लिएर सम्मिलित भएका थिए। सबै सहभागी टिमप्रती आयोजकले हार्दिक आभार प्रकट गरेको छ। साथै भविष्यमा थप संस्थाहरु जोडिन आउने आशा पनि राखेको छ। यस पटक को हाईकिङ्गमा उल्लेख्य संख्यामा यूवा जमात को सहभागिता रहनु अर्को सकरात्मक पक्ष हो।

कार्यक्रममा राफल ड्र पनि राखिने योजना रहेको तर समयाभावले सो गर्न नभ्याईएले प्रायोजित सम्पूर्ण रकम आयोजकलाई प्रदान गरियो।

प्रायोजकहरु, सूर्य गुरुङ्ग (पीपल मोर्ट्गेज), एक आले (गोर्खा रेस्टोरेन्ट), सूर्य गुरुङ्ग (गोर्खा प्यालेस फार्नबोरो), सीता गाहा (प्याराडाईज हेयर एन्ड ब्यूटी सेलून, ब्रेकन), सेरा गुरुङ्ग (याक एन्ड यति रेस्टोरेन्ट, बाथ), कमल र पूनम गुरुङ्ग (गोर्खा शेफ, न्यूबरी) धनु थकाली र जगन गुरुङ्ग (डी एन्ड जे हिटिङ्ग एण्ड बोईलर) र फोटो पत्रकार मिलन 

तमु (एभरेष्ट टाईम्स र गोर्खा मिडिया) सबैलाई आयोजकले एकमुष्ट धन्यबाद ज्ञापन गरेको छ।

uk 1

हाईकिङ्ग पश्चात ब्रेकन हाई स्कूलमा रात्रीभोज र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। जसमा स्थानीय कलाकारहरु सिमरन बयम्बू, साईमन बयम्बू र सोनिया पूनले नृत्य प्रस्तुत गरेका थिए भने लोकपृय नेपथ्य ब्यान्डका पूर्व गायक रबिन श्रेष्ठको अगुवाईमा अन्य स्थानीय कलाकारहरु ममता गुरुङ्ग, लाल प्रसाद गुरुङ्ग, राजु गुरुङ्ग, बिनय पून , जीवन गुरुङ्ग आदीले भरपूर मनोरञ्जन दिलाएका थिए।

स्टेज शो पश्चात डि जे दिपु गुरुङ्गको ननस्टप गीत संगीत मा राती १२ बजे सम्म सबै झुमिरहे। क्याम्पिङ्गको पहिलो दिन औपचारीक कार्यक्रम पश्चात् पनि यिनै कलाकारहरुले नेपाली राष्ट्रीय गीत र अन्य केही राष्ट्रीय स्वाभिमानका गीतहरु गाउदा वातावरण रमणीय, र संबेदनशील बनेको थियो। क्याम्पिङ्गको दुबै रात स्वादिष्ट भोजनको बन्दोबस्त ब्रेकन स्थित द न्यू गोर्खा ईन ले मिलाएको थियो।

uk 16

uk 19

प्रतिक्रिया

सम्बन्धित