पातन्जल गुण्डु योेग साधना केन्द्र बिस्तार

Patanjal g 3
भक्तपुर
पातन्जल योग समिति जिल्ला शाखा भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाको संरक्षकत्वमा गुण्डु योग साधना केन्द्र विस्तार गरेको छ ।
केन्द्र विस्तार गर्ने क्रममा प्रेमकृष्ण नगरकोटी,अनिता वस्नेत,मिना नगरकोटी,गिता वस्नेत लाई क्रमश: अध्यक्ष,उपाध्यक्ष,सचिव र कोषाध्यक्षको जिम्मेवारी तोकिएको छ भने सदस्यहरुमा मनोज गिरी,नन्दुकुमार नगरकोटी,निता खड्का,मन्जु कार्की,पविता श्रेष्ठ,सम्भु पौडेल र अभय श्रेष्ठ लाई राखिएको जिल्ला सहसचिव श्रृजना मल्ल ठकुरीले बताइन् ।


अत्यन्तै छोटो समयमा आफूमा योगवाट भएको परिवर्तनको विषयमा बोल्दै वडा अध्यक्ष रविन्द्र सापकोटाले सम्पुर्ण वडावासीहरुलाई नियमित योग साधना गरि स्वस्थ रहन आग्रह गरेका छन्
पातन्जल योग समिति नेपालका संरक्षक वालमुकुन्द सुवालले राष्ट्र र राष्ट्रियतालाई सर्वोपरि स्थानमा राखेर पातन्जल योग समिति नेपालले भक्तपुरबाट थालनी गरेको योग जागरण अभियानको सन्देश देशभर दिन सकेकोमा गर्भ लागेको जनाए ।

Patanjal g 2
जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुवँरले पातन्जल योग समिति नेपालको अहिलेको नेतृत्व टीम नै भक्तपुर जिल्लालाई योग जिल्ला घोषणा गर्न क्रियाशिल रहेको बताउँदै जिल्ला समन्वय समिति भक्तपुरको तर्फ बाट पातन्जलको योगको अभियानमा सक्दो सहयोग एव सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
साधना केन्द्र उद्घाटन कार्यक्रमा पातन्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष योग प्रसाद आचार्य,केन्द्रिय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख दिपक प्रसाद नेपाल लगायतका बक्ताहरुले पातन्जल योग समिति नेपालवाट गरिएका गतिविधिको वारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित