दाँत दुखेर अस्पताल गएकी राजकुमारी नगद र सुनका तोलासहित गायब

काठमाडौं।  उनको नाम हो, राजकुमार शाह । घर चितवन जिल्ला, राप्ती नगरपालिका वडा न। ९, खुरखुरे । आफ्नो जीवनका ३३ वर्षमध्ये उनले ६ वर्ष त कोरियामा काम गरेरै बिताए, तर कमाई भने अहिले हातमा छैन । जो कोहीलाई लाग्न सक्छ, त्यहींका नेपालीले ठगे रु होइन । उसोभए दलाल वा लुटेराको फन्दामा परे ? त्यो पनि होइन । हुण्डीवालाले झुक्याए होलान् ? त्यस्तो पनि भएको होइन । तर उनी आफु लुटिएकोमा उजुर-वाजुर गर्दै छन् । आफु ठगिएको हो वा कुनै अकल्पनीय दुर्घटनाको शिकार भएको हो भनेर अझैसम्म खुट्याउन सकेका छैनन् । त्यसैले सबैसँग सत्यतथ्यको खोजि गरिदिन हार गुहार गर्दैछन् । कुनै सुराक फेला परिहाल्छ कि भनेर यताउता भौतारिदै छन् ।

यस्तो छ, उनीमाथि परेको बज्रपातको कथा । साउन २० गते शुक्रबार, उनि काममा व्यस्त थिए यताबाट श्रीमतीले फोन गरिन्- ‘दाँत दुखेर मर्न लागें, अस्पताल जानु पर्यो ।’ छ महिना अघि गएको माघ २४ गते दुलही घर भित्राएर तीन महिना मात्र सँगै बिताएका उनले सहज जवाफ फर्काए- ‘हुन्छ, भाईलाई साथ लिएर जाउँ ।’ तर उनि एक्लै चितवनको सेन्ट्रल अस्पताल पुगिन् जहाँ उनले पहिले देखि नै जचाउँदै आएकी थिइन् ।

राजकुमारका साथि नै त्यहाँ कार्यरत डाक्टर थिए तर त्यो दिन उनि रहेनछन् । आफ्नो नियमित डाक्टर नभेटेपछि उनले फेरी कोरियामा रहेका श्रीमान् लाई सो कुराको रिपोर्ट गरिन् । उनले उपाय सुझाए, ‘त्यसोभए चितवन मेडिकल कलेज जाऊ ।’ बस् यो नै उनीहरु बिचको अन्तिम सम्बाद थियो त्यसपछि उनको मोवाइल ‘स्विच अफ’ छ । उनकी राजकुमारी अर्थात् पुनम कुमारी गुप्ता (शाह) कहाँ छिन्, कुन हालतमा छिन् कसैलाई थाहा छैन ।

श्रीमती हराएको थाहा पाउने बित्तिकै उता राजकुमार कोरियामा नै बेहोस भए । नहुन् पनि किन, साउन २५ गते जन्मदिन परेकी पुनमका लागी उनले भनेजस्तै हीरा जडित सुनको औठी र उनैले अनलाइन भिडियो मार्फत रोजेको ब्याग र अन्य लुगा, कपडा अघिल्लो दिन मात्र जन्मदिनको उपहारको रुपमा किनेर दशैमा आउँदा ल्याउने गरि सुटकेशमा राखेका थिए । आफुले जति दुख गर्नुपरे पनि उनले पुनमलाई गहनाले छोपेका थिए । उनका कुनै रहर अपुरो राखेका थिएनन् । यसो भनौं राजकुमारी झैँ सजाएका थिए । सुखको महल खडा गरिदिएका थिए ।

दशैमा घर आऊने टिकट काटीसकेका उनको सो टिकट रद्ध गरेर साथीहरुले भोलिपल्ट कै हवाई टिकट मिलाइदिएपछि उनि २२ गते काठमाडौँ झरे र २३ गते चितवन पुगेर श्रीमतीको खोजीमा व्यस्त छन् । तर, हालसम्म उनको अत्तोपत्तो छैन । न त कहाँ र कस्तो हालतमा होलिन् भन्ने कुनै अनुमान नै लगाउन सक्ने अवस्था छ ।राजकुमारलाई सबैभन्दा हैरान पार्ने कुरा के हो भने श्रीमती मात्र हराइनन् साथमा उनले बिदेशी भूमिमा पसिना बगाएर कमाएको ३८ तोला सुन, ३ लाख नगद र मायाँ गरेर श्रीमतीलाई किनिदिएका महँगा बस्त्र, आभूषण समेत हराए । उनले स्थानीय खैरेनी प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय चितवन र नगरपालिका कार्यालयमा समेत हराएकी श्रीमतीको खोजि गरिदिन अनुरोध गर्दै निवेदन हालेका छन् । तर, बारा जिल्ला तेहिता माइती घर भएकी २५ वर्षकी पुनमको कुनै अत्तोपत्तो छैन ।प्रहरीले हालसम्म गरेको अनुसन्धानबाट पुनमले प्रयोग गर्ने फोन नम्बर ९८२४२५२४४० मा निरन्तर सम्पर्कमा रहेका फोन नम्बरहरु ९८२११४४७३६, ९८०९२२९२२९ र ९८०४२०६२५१ देखिएको राजकुमार बताउँछन् । उनका अनुसार यी नम्बरहरु कुनै आफन्त वा पुनमका माइत वा घरपट्टिका कुनै परिचितको होइन । यसबाट उनलाई कुनै अपराधीले जालमा पारेर गहना र नगद हत्याई कुनै अप्रिय घटना त घटाएन भन्ने प्रश्न समेत उब्जिएको उनि बताउँछन् । त्यसैले उनले आफ्नी श्रीमतीको तस्बिर फेसबुकमा राखेर उनलाई भेट्टाईदिनेलाई १ लाख नगद उपहार स्वरूप दिने घोषणा पनि गरेका छन् ।अर्थिकन्युजबाट

प्रतिक्रिया

सम्बन्धित