वडाध्यक्षकै योजनामा भाडाका गुण्डा प्रयोग गरी मार्नेसम्मको योजना बनेको हो : गाउपालिका अध्यक्ष खड्का

lopchan

  काठमाडौं । महानगरीय अपराध महाशाखाले गोली प्रहार गरी नियन्त्रणमा लिएका लोप्चन लामा भन्ने मिलन तामाङ लुटेरा भएको खुलेको छ । महाशाखाको टोलीले लामो समयदेखि लुटपाटमा संलग्न लोप्चन र उनीसँगै रहेका अमृत तामाङलाई स्वयम्भूको विजेश्वरीबाट नियन्त्रणमा लिएको हो ।

लोप्चनको दुवै घुँडामुनि २ वटा गोली लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए । प्रहरीका अनुसार लोप्चनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रकम माग गरेका थिए। रकम नदिए छोरी मार्ने धम्की समेत दिएका उनी आज प्रहरकिो पञ्जाबाट उम्कन पाएनन् ।

लोप्चनले काठमाडौंमै बसेर विगत एक महिनादेखि लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई बारम्बार पैसा माग गर्दै धम्की दिंदै आएका थिए ।

२ करोड रकम माग गरेको र पैसा नदिए छोरीदेखि परिवारका अरु सबैलाई मार्न सुरु गर्छु भन्ने धम्की आएपछि आत्तिका खड्का काठमाडौं आएर प्रहरीको शरणमा पुगेका थिए । उनीहरुले खड्कालाई पटक–पटक गोली खर्च गर्नु नपरोस् भन्दै धम्क्याउँदै आएका थिए ।

यद्यपी खड्काले भने विभिन्न सञ्चारमाध्यमहरुमा उनीहरुका भाडाको गुण्डा मात्र भएको प्रतिकृया दिइसकेका छन् । उनले घटनाको मुख्य जिम्मेवार लिखु गाउँपालिका ७ नम्बर वडाका वडाध्यक्ष सुवास बोहरा भएको आरोप लगाएका छन्।

प्रहरी स्रोतका अनुसार अध्यक्ष खड्काले प्रहरीसमक्ष रकम माग गर्ने र मार्नेसम्मको योजना बोहाेराकै कारण भएको बताएका छन् । यसअघि पनि बोहाेराले आफूमाथि सांघातिक हमला गराएको खड्काको भनाई छ । उनीहरुले मार्छु नै भनेपछि आफू बाध्य भएर प्रहरीकहाँ पुगेको पनि उनले बताएका छन् ।

लामो समयदेखि लुटपाटमा संलग्न रहँदै आएका लोप्चन र अमृत रामेछापका हुन् । गोली लागेका लोप्चनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अर्का अमृत प्रहरी नियन्त्रणमा छन्।

यद्यपी वडाअध्यक्ष बोहोराले भने खडकाको भनाईमा सत्यता नभएको बताइसकेका छन् । रामेछाप नेकपाका नेताहरुले खड्काले वोहोरामाथि लगाएको आरोपमा सत्यता नभएको जिकिर गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित