झुटको खेती गर्दै भारतीय दूतावास,सप्तकोसी ब्यारेजका ३३ मात्र ढोका खोलिए

काठमाडौं ।  परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच नेपालमा बाढीले पारेको प्रभावका विषयमा फोन वार्ता भएको छ । उपप्रधानमन्त्री समेत रहेका महरा र विदेशमन्त्री स्वराजबीच टेलिफोनमा कुराकानी भए लगत्तै भारतीय दूतावासले भारत तर्फका सबै ढोका खुला गरेको उल्लेख गरेको हो । महरासँगको फोन वार्तापछि भारतीय दूतावासले ट्वीटमा भनेको छ, ‘सप्तकोसी, गण्डक र राप्ती नदीका भारत तर्फका सबै ढोका खोलिएको छ ।’  भारतले नेपाल र भारत दुवै तर्फ भारी वर्षा भएको र यस विषयमा भारतीय दूतावास, बिहार, उत्तर प्रदेशका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरेको छ । ‘बाढीबाट उत्पन्न समस्या नेपाल र भारत दुवै तर्फ भारी वर्षा भएकाले हो ।

यस विषयमा भारतीय दूतावास बिहार र उत्तर प्रदेशका स्थानीय अधिकारीसँग निरन्तर सम्पर्कमा छ’, दूतावासको अर्को ट्वीटमा भनिएको छ । महरासँगको टेलिफोन वार्तामा नेपालमा आइपरेका सबै खालका समस्यामा सहयोग गर्न भारत तयार रहेको आश्वासन विदेशमन्त्री स्वराजले दिएकी थिइन् । त्यसलगत्तै भारतीय दूतावासले सप्तकोशी, गण्डक र राप्ती नदीका भारत तर्फका सबै ढोका खोलिएको जानकारी गराउदै ट्वीट गरेको हो । यता सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीका अनुसार आइतबार साँझसम्म सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये ३३ मात्र खोलिएका छन् । अहिले सप्तकोसीको पानीको बहाब प्रतिसेकेण्ड दुई लाख ६१ हजार क्युसेक रहेको छ ।अन्नपूर्णमा खबर छ

प्रतिक्रिया

सम्बन्धित