खाल्डोमा डुबेर दुई जना युवाको मृत्यु भएपछि तीनवटा डोजरमा आगजनी

jcb

  काठमाडौं । धादिङको गजुरी गाउँपालिका–६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएपछि स्थानीयले तीन वटा डोजर (JCB) मा आगजनी गरेका छन् ।

खाल्डोमा जमेको पानीमा डुबेर वडा ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुवै जना पौडी खेल्दै बालुवा भए नभएको हेर्न गएका थिए । सोही क्रममा उनीहरु डुबेको प्रहरीको भनाई छ । दुबै जनाले बालुवा निकाल्ने काम गर्दै आएका थिए ।

बालुवा तस्करले खोलामा डोजर लगाएर खाल्डो बनाएको र त्यही खाल्डोमा डुबेर युवाहरूको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले तीन वटा डोजरमा आगो लगाइदिएका हुन्।

पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने तथा बालुवा उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्नुपर्ने माग राख्दै स्थानीयबासीले अहिले घटनास्थलमै शव राखेर विरोध प्रदर्शन गरिरहेका छन् । बालुवा तस्करले खोलामा डोजर लगाएर खाल्डो बनाएको र त्यही खाल्डोमा डुबेर युवाहरूको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले डोजरमा आगजनी गरेका छन्। तीन वटा डोजरमा आगो लगाइदिएका हुन्। घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित