पुँजी बजार र मुद्रा बजार सुधार्ने जिम्मा झाक्रीलाई

ramkumari jhakri

  काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले नेपालको पुँजी बजार र मुद्रा बजारमा देखिएका समस्या समाधानको जिम्मा सांसद रामकुमारी झाक्रीलाई दिएको छ ।

बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने÷नदिने विषयमा सुझाव दिन सांसद झाक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिमा प्रमिला राई, मेटमणी चौधरी, रामबाबु कुमार यादव र हेमकुमार राई सदस्य छन् । झाक्री संयोजकत्वको उपसमितिलाई नेपालको पुँजी बजार र मुद्रा बजारमा देखिएका समस्या समाधानको लागि के कस्तो विकल्प अपनाउन सकिन्छ भन्ने सुझाव दिन भनिएको छ । उपसमितिलाई २ महिनाको समय दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित