मुख्यमन्त्रीलाई लक्षित गरी बम विस्फोट

mahendra bahadur sahi

  काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै कालिकोटमा बम विस्फोट भएको छ ।

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा कार्यक्रममा सहभागी हुन पुगेका मन्त्रीलाई लक्षित गर्दै अज्ञात समूहले कार्यक्रम स्थलनजिकको जंगलमा बम विस्फोट गराएको हो ।

मुख्यमन्त्री शाही एक साताका लागि गृहजिल्ला कालिकोटको भ्रमणमा छन् । उनको टोलीलाई त्रास सिर्जना गर्ने उद्देश्यले अराजक समुहले वम विष्फोट गराएको मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताए ।

मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरनाकोे पर्यटन प्रवर्द्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलबार पचाल झरना गएका थिए । मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विस्फोट भएको थियो ।

बम विष्फोटबाट कुनै क्षति नभएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए । विस्फोट गराउने समूहमाथि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित