मेरो हत्यारा तिमी हौ रवि लामिछाने (भिडियाे सहित)

shalikram

  काठमाडौं । साउन २१ गते बेलुका चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा उनले न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका रवी लामिछानेका कारण आफू आत्महत्या गर्न बाध्य भएको दावी गरेका छन् ।

पुडासैनी डेढ महिना अघि मात्र माउन्टेन टेलिभिजनमा गएका थिए । त्यसअघि उनी लामिछानेसँगै न्युज २४ मा कार्यरत थिए ।

त्यतिमात्र होइन पुडासैनीले लामिछानेका प्रोड्युसर दिपक बोहोराले कुटपीट नै गर्ने गरेको बताएका छन् ।

लामिछाने र बोहोराले सिधा कुरा जनतासँग कार्यक्रमको दम्भका कारण रिस उठेकाहरुको समाचार बनाउने, बार्गेनिङ गर्ने, विना कारण दोष लगाएर समाचार बनाउने, आफूलाई पनि जवर्जस्ती समाचार बनाउन लगाउनेलगायतका काम गर्न लगाउने गरेको आरोप लगाएका छन् ।

याे पनि 

पत्रकार शालिकरामको आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक : रवि लामिछाने र दिपकले पिट्नेदेखि विनाकारण समाचार बनाएर करोडौं असुलेको आरोप

भिडियोमा उनले रवि, दिपक र अष्मिता नामकी केटीले आत्महत्या गर्न बाध्य बनाएको बताएका छन् ।

‘रवि लामिछाने तिमिलाई एक दिन पाप लाग्छ । तिमिजस्तो अधर्मी यो देशमा कोही छैन । दुनियाँलाई थर्काका छौ, लुटेका छौं । कतिसँग करोडौं लिएका छौं । मलाई भनिस भने मारिदिन्छु भनेका छौं ।

रविको असली रुप केही वर्ष बाहिर आउँछ । मेरो हत्यारा तिमी हौ रवि । नेपालको कानुनुले यी तीनजनालाई फाँसी दिएपछि मात्रै मेरो आत्माले शान्ति पाउने छ ।’ भिडियोमा भनिएको छ ।

यस्तो छ हामीले नेपाल आजबाट लिएको भिडियो

प्रतिक्रिया

सम्बन्धित