आज प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य

gold shop

  काठमाडौं । दिन प्रतिदिन उकालो लागिरहेको सुनको मूल्य आज पनि बढेको छ । बुधबार तोलामा ७ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आजका लागि तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो ।

चाँदी पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ पुगेको छ । मूल्य बढेसँगै सुन किन्ने ग्राहक घटेका छन् । त्यसैले बैंकमा हाल करिब ७ सय किलोभन्दा धेरै सुन थुप्रिएको व्यवसायीहरुले बताएका छन् । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित