अहिल्यै सन्यास लिन्न : गेल

krish

  काठमाडौं । भारत र वेष्टइण्डिजबीच बुधबार भएको तेस्रो एकदिवसीय क्रिकेट क्रिस गेलको विदाई खेलमा रुपमा हेरिए पनि वेष्टइण्डिज स्टार ब्याट्सम्यान गेलले अहिले नै सन्यास नलिने बताएका छन् ।

गेलले स्पेसल ‘३०१’ जर्सीमा खेलेका थिए, जुन उनको एकदिवसीयको कुल संख्या हो । यो वेष्टइण्डिजका क्रिकेटरले खेलेको सबैभन्दा धेरै एकदिवसीय म्याच पनि हो ।

गेलले ४१ बलमा ७२ रन बनाए । विराट कोहलीको हातबाट क्याच आउट भएपछि आफै्नै शैलीमा ब्याटमाथि हेलमेट राख्दै बाहिरिए । दर्शकहरुले पनि सम्मान दर्शाए ।

तर, उनले यो आफ्नो विदाई खेल नभएको बताए । ‘मैैले कुनै सन्यास घोषणा गरेको छैन,’ वेष्टइण्डिज क्रिकेटले पोष्ट गरेको छोटो भिडियोमा उनले भनेका छन् ।

कप्तान जेसन होल्डरले पनि गेलले सन्यास लिएको जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित