मलेसियामा भएको पेट्रोल बम विस्फोटमा परी एक नेपाली घाइते

bumb

  काठमाडौं । मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् ।

मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली को हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको जनाएको छ । उनलाई त्यही पुगेर स्वास्थ्यकर्मीले उपचार गरेका छन् ।

विस्फोटबाट गार्ड पोस्टको एउटा भागमा समेत क्षति पुगेको छ । उक्त आवासीय भवनमा लामो समयदेखि ती सुरक्षा गार्ड कार्यरत रहेका थिए।

विस्फोट कसले गरायो भन्ने खुलेको छैन । क्वालालम्पुर फायर एन्ड रेस्क्यु अपरेशनका प्रवक्ताले बताए अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित